News Portal

  • बाबुकाजीको अध्यक्षतामा मध्यपुर सञ्चार समाजमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ मंसिर २०७८
    ७८६ पटक
    भक्तपुर, २५ मंसिर २०७८

    मध्यपुर थिमि नगरमा क्रियाशील पत्रकारहरुको संगठन मध्यपुर सञ्चार समाजकाे अध्यक्षमा पुनः बाबुकाजी सा:छेँ श्रेष्ठ निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न चाैथाे अधिवेशनबाट बाबुकाजीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

    नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष बाबुकाजी साःछेँ श्रेष्ठ, उपाध्यक्ष सागर गुरागाइँ, सचिव सुमन श्रेष्ठ, काेषाध्यक्ष चन्द्रकृष्ण (गाेपाल) श्रेष्ठ र सहसचिव विशेश्वर श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ज्ञानदेव श्रेष्ठ,केके मानन्धर, ईश्वरलाल श्रेष्ठ र सुरेश ख्वाक श्रेष्ठ लगायत निर्वाचित भएका बताइएको छ ।                                                                                    दोश्रो कार्यकालका सर्वसम्मत अध्यक्ष निर्वाचित भएपछि भक्तपुरपोस्ट संग प्रतिक्रिया दिदै श्रेष्ठले मध्यपुरमा पत्रकारितामार्फत जनताको पक्षमा समाजले थप सकारात्मक पहल गर्ने प्रतिवद्धता प्रकट गरे ।                                                                                           उक्त अधिवेशनको उद्घाटन बागमती प्रदेश सरकारका अर्थ मन्त्री शालिकराम जमरकट्टेलले गरेका थिए । उक्त अवसरमा मन्त्री जमरकट्टेलले बागमती प्रदेश सरकारले मिडिया बलियो बनाउन नीतिगत ब्यवस्था गरेको र प्रेस रजिस्ट्रारको कार्यलयमार्फत सेवा दिइरहेको जानकारी गराए । उनले परिवर्तनलाई सस्थागत गर्न नदिन प्रतिगामीहरु लागिरहेको खुलासा गर्दै परिवर्तनको रक्षाको लागि पत्रकारहरु ससक्त  लाग्नुपर्नेमा समेत जोड दिएका थिए ।                                                                                        उद्घाटन सत्रका विशेष अतिथि मध्यपुर थिमिका मेयर मदन सुन्दर श्रेष्ठले नगरको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा मध्यपुर संचार समाजको योगदानको प्रसंशा गर्दै मध्यपुरको समग्र बिकाशमा पत्रकारको सहयोगको आवश्यकता औल्याए ।          त्यसैगरी अर्का अतिथि बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटाले मध्यपुरका पत्रकारलाई फेलोसिप,तालिम लगायत पेशागत विकासमा आफ्नो कार्यलयले सहकार्य गर्ने आश्वासन दिएका थिए भने नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले मध्यपुरका पत्रकारको समस्या समाधान र क्षमता अभिबृद्धिका लागि महासंघले सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे । कार्यक्रममा महासंघका उपाध्यक्ष लिला श्रेष्ठ, सचिव एवम् प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष संजीप घिमिरे शुभचिन्तक,कार्यसमिति सदस्य एवम् नेवा: पत्रकार दबुका अध्यक्ष रामगोपाल तमखु,निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी,प्रेस सेन्टर रासस अध्यक्ष रत्न श्रेष्ठ, क्रियाशील पत्रकार मंचका अध्यक्ष रमेश गिरी लगायतको आतिथ्यता रहेको थियो ।                                                                                                                  उक्त अवसरमा अग्रज पत्रकार प्रवीणराज जोशीलाई थिमृङ मासिक पत्रकारिता पुरस्कार द्वारा सम्मान गरिएको थियो भने समाजका स्नातकोत्तर गरेका बिभिन्न सदस्यहरु समेत सम्मानित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...