भक्तपुरको गठ्ठाघरमा बसेको नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकले बोलिट्ब्युरो गठन गरेको छ । ४५ सदस्यीय पोलिट्ब्युरोमा भक्तपुरका नेता महेश बस्नेत पनि अटाएका छन् ।
चितवनमा सम्पन्न महाधिवेशनमा भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका सोम मिश्र,महेश बस्नेत र निर्मलकुमार भट्टराई केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
आइतबार बसेको केन्द्रीय कमिटीको बैठकबाट नेता बस्नेत भने पोलिट्ब्युरोमा उक्लन सफल भएका छन् । पूर्व मन्त्री रहेका उनी निर्वाचित संघीय सांंसद समेत हुन् ।