शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४४ दरवन्दीका लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्व शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ।
आयोगका अनुसार उक्त विज्ञापनको परीक्षा आगामी चैत्र १५ गते परीक्षा सञ्चालन हुने छ । आयोगले परीक्षा आवेदन फारम अनलाइनबाट पनि भर्न सकिने जनाएको छ ।
आयोगले बुधवारको गोरखापत्रमा सूचना सार्वजनिक गरेर मात्रै आफ्नो वेबसाइटमा राख्ने जनाएको छ । साथै, अन्य तहको विज्ञापन पनि क्रमशः गर्दै आयोगले स्पष्ट पारेको छ ।