News Portal

  • भक्तपुर नगरपालिकामा आधारभूत सिलाई र बुटिक तालिम शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ पुस २०७८
    ८०८ पटक
    भक्तपुर, ६ पुस २०७८

    भक्तपुर नगरपालिकाले आधारभूत सिलाई र बुटिक तालिम शुरु गरेको छ । मंगलबारबाट दुवै तालिम शुरु भएको हो । तालिम करिब ६ महिना चल्ने बताइएको छ ।

    नगर प्रमुख सुनिल प्रजापतिले तालिमको उद्घाटन गर्दै नगरपालिकाले महिला सशक्तिकारणमा जोड दिएको जिकिर गरे । महिलाहरुलाई आफ्नो शैक्षिक योग्यतासँगै कुनै न कुनै सीप सिक्न प्रेरित गर्दै उनले त्यसका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।

    महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले सिलाई र बुटिक तालिम सञ्चालन गरेको बताउदै उनले तालिमपछि व्यवसाय सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन तालिमले टेवा पुग्ने विश्वास व्यक्त गरे।

    भक्तपुर नगरपालिकालेसीपमूलक र जीवनोपयोगी तालिम सञ्चालन गरी देशको लागि आवश्यक जनशक्ति उत्पादनमा मद्दत पुर्याइरहेको दावी गर्दै उनले यस्ता तालिमलाई निरन्तरता दिइने प्रतिवद्धता प्रकट गरे ।

    नगरपालिकाको महिला, बालबालिका, समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ८ का वडा सदस्य पञ्चलक्ष्मी दुवाल, कृष्णलक्ष्मी दुवाल,आधारभूत सिलाईका प्रशिक्षक धर्मलक्ष्मी दुवाल लगायतले तालिमको महत्वमाथि प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...