News Portal

  • मदरल्याण्ड बोर्डिङ्ग स्कूलको अभिमुखीकरण, बधाई तथा बिदाई कार्यक्रम सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ पुस २०७८
    २०६४ पटक
    motherland school bhaktapurभक्तपुर, ७ पुस २०७८

    सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलको अभिमुखीकरण, बधाई तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले सो कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा विद्यालयबाट शैक्षिक सत्र २०७६ र २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइइ) उतीर्ण गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको थियो । गत वर्षमा कोभिड १९ महामारीका कारण कार्यक्रम गर्न नपाएपछि संयुक्तरुपमा ५८ जना विद्यार्थीहरुलाई आज विशेष कार्यक्रमका बीच औपचारिक बिदाई गरिएको विद्यालयका प्रधानाध्यापक संजय खड्काले जनाएका छन् ।

    विद्यालय विद्यार्थीको दोश्रो घर भएको भन्दै प्रधानाध्यापक खड्काले उतीर्ण भएर बाहिरिएका विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले विद्यालयसंग जोड्ने विश्वास व्यक्त गरे । प्रधानाध्यापक खड्का नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष समेत हुन् ।

    बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले शिक्षालाई किताबी ज्ञानको दायरामा कैद गर्न नहुने बिचार व्यक्त गरे । प्रत्येक मानिससंग फरक क्षमता हुने र त्यसको पहिचान गर्न सक्नुपर्नेमा उनले जोड दिए । पढाइमा पछि परेका मानिस पनि जीन्दगीमा अघि बढेका उदाहरण दिंदै केसीले पढाइसंगै विद्यार्थीको विशिष्ठ क्षमता पहिचान गरी त्यसको विकास गर्न विद्यार्थी, अभिभावक, विद्यालय र राज्य लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।

    उक्त अवसरमा प्रमुख अतिथि केसीले आफ्नो वडामा रहेको मदरल्याण्डले नगरपालिकाको अपेक्षा अनुरुप शिक्षा प्रदान गरिरहेको बताउदै सक्षम विद्यार्थी बाट नै सक्षम समाज बन्ने र त्यसमा विद्यालयको योगदान महत्वपूर्ण हुने बताए । आफ्नो समाज र राष्ट्रलाई कस्तो बनाउने भन्ने कुरा विद्यार्थी वर्गकै हातमा रहेको भन्दै उनले विद्यार्थी वर्गमा देश र समाजप्रति सकारात्मक भावनाको विकास गर्न शिक्षाको महत्व माथि पनि प्रकाश पारेका थिए ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले संचालन गरेको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको परीक्षामा नेपाल टप गर्ने भक्तपुरकी बबिता ग्वाछालाई मदरल्याण्डको तर्फबाट बधाई दिदै सम्मान समेत गरिएको थियो । सो अवसरमा ग्वाछाले सम्मानित हुन पाउदा खुशी लागेको बताउदै पढाइमा सफलता प्राप्त गर्ने सुत्रहरु समेत बताएकी थिइन् । इन्टरनेटको सदुपयोग गर्नुपर्नेमा जोड दिंदै उनले सामाजिक संजाल र मोबाइलका खेलहरुले पढाइमा प्रगती गर्न नसकिने सुझाव समेत दिएकी थिइन् ।

    उक्त अवसरमा “आधारभूत शिक्षा एवं सचेतना” विषयक विद्यार्थी लक्षित अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो । सो कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगातीका वृत्त प्रमुख रहेका डिएसपि राम बहादुर केसीले आधारभूत शिक्षा एवं विद्यार्थीहरुको दायित्व विषयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गर्दै अन्जानमै हुनसक्ने अपराध र दुर्व्यसनबाट बच्न अपनाउनुपर्ने सावधानीहरुबारे अवगत गराएका थिए ।

    त्यसैगरी सामाजिक उत्प्रेरक बिकाश देव योन्जनले सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरुले आफ्नो जीवनमा गल्ती गर्नै नहुने भन्ने नभएको भन्दै उनले गल्ती नदोर्याउन र गल्तीलाई सच्याउँदै सक्षम नागरिक बन्न प्रेरित गरेका थिए ।

    विद्यालयकी संचालिका शर्मिला देउजाको अध्यक्षतामा संचालित कार्यक्रममा इप्सन भक्तपुरका अध्यक्ष एवं क्वालिटी स्कूलका प्रिन्सिपल जीवी खड्का, राष्ट्रिय संगितकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिप घिमिरे शुभचिन्तक, पुस्तक तथा स्टेसनरी व्यवसायी संघ भक्तपुरका सचिव महेश थापा, पारिजात विद्याकुन्जका प्रिन्सिपल विक्रम थापा, शिक्षाविद पद्मनाथ तिवारी, अभिभावक प्रतिनिधि भिमेश्वर थापा, प्राध्यापक एवं अधिवक्ता विकल प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

    त्यसैगरी कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र कक्षा छ देखि १० सम्मका २ सय २४ विद्यार्थीहरुको उत्साहपूर्ण एवं सक्रिय सहभागिता रहेको थियो ।

    सच्याइएको : शैक्षिक सत्र २०७६ र २०७७ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...