News Portal

  • भक्तपुरकी नेतृ जोन्छेँ उद्योग राज्यमन्त्रीमा नियुक्त

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, ९ पुस २०७८
    ८७८ पटक
    भक्तपुर, ९ पुस २०७८

    नेपाली कांग्रेस भक्तपुरकी नेतृ एवं बागमती प्रदेश सभाकी सांसद रजनी अमात्य जोन्छे प्रदेश सरकारको राज्यमन्त्री नियुक्त भएकी छन् ।

    समानुपातिक सांसद जोन्छे शहिद राधेश्याम जोन्छेकी श्रीमती हुन् । उनलाई बागमती प्रदेश सरकारको उद्योग,बाणिज्य तथा आपूर्ति राज्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश सरकारमा भक्तपुर कांग्रेसका नेता एवं निर्वाचित सांसद कृष्णलाल भँडेल भौतिक पुर्वाधार मन्त्री रहेका छन् ।

    कांग्रेसले भक्तपुरबाट कनिष्ठहरुलाई केन्द्रीय सदस्य बनाएपछि जोन्छेलाई राज्य मन्त्री दिएर चित्त बुझाइएको श्रोतले दावी गरेको छ । सरल स्वभावकी शहिद पत्नी उनी महाधिवेशनमा जिल्ला सभापति दुर्लभ थापा पक्षमा रहेकी थिइन् । थापाकै पहलमा भक्तपुरले प्रदेश सरकारमा दोश्रो मन्त्री पाएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...