News Portal

  • सार्वजनिक कार्यक्रममा अध्यक्ष बिजुक्छेंको स्थानीय भाषामा मन्तब्य

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० पुस २०७८
    ७८० पटक
    भक्तपुर, १० पुस २०७८

    भक्तपुर नगरपालिकाको एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल भाषामा सम्बोधन गरेका छन् । कार्यक्रममा प्रायजसो उपस्थित स्थानीय जेष्ठ नागरिक देखेपछि उनले स्थानीय भाषामै मन्तब्य दिएका हुन् ।

    शनिवार भक्तपुरको दरबार क्षेत्र (लायकु)स्थित ‘नृत्य वत्सला मन्दिर’को उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका अध्यक्ष बिजुक्छेले नेपाल भाषामा सम्बोधन गरेपछि उपस्थित जेष्ठ नागरिकहरु दंग देखिए । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको आफ्नै बजेटमा पुनःनिर्माण गरिएको हो ।

    समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले पुनर्निर्माणमा गरेको प्रगती उदाहरणीय भएको भनेका थिए । ढुंगै ढुंगाले बनेको शिखर शैलीको वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बिजुक्छेँले बताए । उनले भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको भन्दै सन्तोष समेत व्यक्त गरे ।

    सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन रहेको उनले आरोप लगाए । नगरपालिकालाई पुनर्निर्माणको जिम्मा नदिंदा कतिपय सम्पदा पुनर्निर्माण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष बिजुक्छेंले विदेशी दातामाथि परनिर्भर नभई पुनर्निर्माण गर्नुपर्ने प्रष्ट पारे । नयाँ पुस्तालाई सम्पदाको महत्वबारे प्रशिक्षित गर्दै मौलिक सीप र प्रविधिको ज्ञान हस्तान्तरणका लागि समेत उनले प्रेरित गरे ।

    उक्त अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले भक्तपुरको सम्पदा संरक्षण भक्तपुरबासी जनताले आफ्नो साझा दायित्वको रुपमा लिएको उल्लेख गरे ।

    उनले सम्पदा संरक्षणसम्बन्धी भौतिक व्याख्यासहितको अभिलेख तयार हुनुपर्नेमा जोड दिदै त्यसले इतिहास अध्ययनमा योगदान पुग्ने बिश्वास व्यक्त गरे ।

    नेमकिपाले काठमाडौं उपत्यकाका भूकम्प पीडित जनतालाई दिदै आएको अनुदान चालु राख्नुपर्ने माग राख्दै आएको बताउदै सांसद सुवालले एमसीसी देशघाती भएकोले पार्टी यसको बिरुद्धमा रहेको प्रष्ट पारे ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिडका कारण भक्तपुर नगरपालिकाको पर्यटन आय ठप्प भएको प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत वत्सला मन्दिर पुनःनिर्माण गरेको अवगत गराएका थिए ।

    वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. १ करोड २८ लाख ६२ हजार लागत अनुमान पारित गरेको र उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी राखी काम गर्दा रु. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले बताए । उपभोक्ता समितिमार्फत काम गर्दा लागत अनुमान भन्दा कममा काम सम्पन्न भएको उनको भनाइ छ ।

    भक्तपुर नपाले पर्यटक शुल्कको अधिकांश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्य जस्ता विषयहरुमा खर्च गर्दै आएको बताउदै उनले विदेशी सहयोग, गैरसरकारी संस्था(एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आइएनजिओ) हरूको सहयोगबिना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको प्रष्ट पारे ।

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी,दरवार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी, संस्कृतविद् तेजेश्वरबाबु गोंग,पूर्व न्यायाधिस गौरीबहादुर कार्की,इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ,पत्रकार लक्ष्मणराज जोशी लगायतले उपभोक्ता समिति मार्फत काम गर्ने भक्तपुर मोडलको प्रशंसा गरेका थिए ।

    नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गरेका थिए । उक्त अवसरमा नृत्य वत्सला मन्दिर उपभोक्ता समिति अध्यक्ष रामहरि गोराले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगर प्रमुख प्रजापतिलाई मन्दिर प्रवेश द्वारको साचो हस्तान्तरण गरेका थिए । उक्त अवसरमा वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८’ पुस्तक सार्वजनिक समेत गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...