News Portal

  • माओवादी केन्द्रको महाधिवेशन कर्मकाण्ड होइन : वरिष्ठ नेता श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ११ पुस २०७८
    ६२१ पटक
    काठमाडौं, ११ पुस २०७८

    नेकपा (माओवादी केन्द्र)का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो पार्टीको महाधिवेशन कर्मकाण्ड मात्र नभएको बताएका छन् । आइतबार काठमाडौको कमलादीमा आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले सोकुरा बताएका हुन् ।

    उनले महाधिवेशन औपचारिकता पूरा गर्ने कुरा मात्र नभएको भन्दै यो क्रान्तिकारी पार्टी निर्माणको अवसर भएको उल्लेख गरे । नयाँ विचारको बिकास, समाजवादी कार्यनीतिको स्पष्ट मार्गचित्र, रुपान्तरित क्रान्तिकारी पार्टी निर्माणको लागि महत्वपूर्ण अंगको रुपमा महाधिवेशन रहेको उनले स्पष्ट पारेका छन् ।

    उनले पार्टीको आवश्यकताले मात्र नभई नेपाली समाज र क्रान्तिको वर्तमान आवश्यकतालाई सम्बोधन गर्न अधिवेशन गरिएको समेत जिकिर गरे ।

    उनले संविधान र लोकतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनको सहकार्य कम्तीमा आगामी निर्वाचनसम्म जारी राख्ने समेत जिकिर गरे ।त्यसैगरी उनले परिवर्तनकारी शक्तिहरुसंग सदैव सहकार्यको ढोका खुला रहने समेत उद्घोष गरे । पछिल्लो असफल एकताबाट पाठ सिक्दै सच्चा कम्युनिष्ट पार्टीहरुबीचको एकतालाई प्राथमिकता दिने सम्बन्धमा पनि बहस हुने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...