News Portal

  • एमसीसी सम्झौता देशघाती र देशको संविधान विपरीत भएको भन्दै बिरोध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ पुस २०७८
    ७९७ पटक
    भक्तपुर, १२ पुस २०७८

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्र सेवक कर्मचारीहरु सचेत नागरिकसमेत हुने भन्दै एमसीसीको बिरोधमा उत्रनुपर्ने आवश्यकता औल्याएका छन् । देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धिसम्झौताको विरुद्धमा आवाज उठाउनुपर्ने उनले आवश्यकता औल्याएका हुन् ।

    सोमबार नेपाल कर्मचारी समाजद्वारा आयोजित देशघाती एमसीसी सम्झौताबाट हुने दीर्घकालीन असर र वर्तमान समसामयिक विषयमा प्रवचन तथा कर्मचारी भेला कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख प्रजापतिले नेपाल र अमेरिबीच हुने सम्झौतामा तेस्रो मुलुक भारतको सहमति आवश्यक हुने प्रावधान राख्नु नेपालको सम्प्रभुत्ताको विरोधमा भएको प्रष्ट पारे ।

    इन्डो–प्यासिफिक स्ट्राटेजीक (हिन्द प्रशान्त क्षेत्रीय रणनीति) अन्तर्गत एमसीसी सम्झौता हुने भएकोले यो नेपालको असंलग्न परराष्ट्र नीतिको विपरीत हुने उनको भनाइ छ । एमसीसीले खटाएका कर्मचारीबाट हुने कुनै पनि किसिमका अपराध नेपालको कानुनअनुसार कारबाही गर्न नसकिने प्रावधान रहनाले यो सम्झौता नेपालको कानुनभन्दा माथि छ भन्ने सन्देश जाने भएकोले यो सम्झौता देशघाती र देशको संविधानविपरीत भएको भन्दै उनले यसको बिरोध गर्नु सचेत नागरिकको कर्तब्य भएको भनेका छन् ।

    कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले एमसीसी पारित भए नेपालको अस्तित्व नरहने खतरा औंल्याउदै विदेशीको सहयोगमा देशको सार्वभौमिकता बेच्नु गलत हुने बताइन ।

    त्यसैगरी नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले अमेरिकी गठबन्धनसँग सम्बन्धित एमसीसी सम्झौता खारेज गर्न न्यायप्रेमी र देशभक्त जनताहरु देशको पक्षमा उभिन अपिल गरे ।

    कार्यक्रममा कर्मचारी एशोसिएसन भक्तपुरका सहसचिव विकास प्रजापति, भक्तपुर नपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवाल, नेपाल कर्मचारी समाजका सदस्य दिलकृष्ण माक र रामकृष्ण प्रजापतिले पनि एमसीसी सम्झौताको विरोध गर्नुपर्ने विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...