News Portal

  • भक्तपुरमा भारोत्तोलनको राष्ट्रिय प्रतिष्पर्धा हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ पुस २०७८
    १००७ पटक
    bharattolan in bhaktapurभक्तपुर, १५ पुस २०७८

    भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतिष्पर्धा हुने भएको छ । भक्तपुरको मध्यपुर थिमिमा यसै महिनामा भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप हुने भएको हो ।

    नेपाल भारोत्तोलन संघले बिहिवार पत्रकार सम्मेलनमार्फत पुस २७ गतेदेखि २९ गतेसम्म भक्तपुरको मध्यपुर थिमिमा ‘२४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०७८’ हुने जानकारी दिएको छ ।

    भारोत्तोलन खेल खेलाडीले बार्बेल्समा ‘वेट प्लेटहरू’ जोडेर अधिक भन्दा अधिक तौल उठाउनको लागि प्रतिस्पर्धा गर्दै खेलिने खेल हो। त्यसैले, यस खेललाई ‘वेट लिफ्टिङ्ग’ भनेर चिनिन्छ र यो खेल खेल्ने खेलाडीलाई तौल उचाल्ने अर्थात ‘वेट लिफ्टर’ भन्ने गरिन्छ ।

    भक्तपुरमा हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष/महिला, युथ पुरुष/महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुने बताइएको छ । शारीरिक वजन श्रेणीहरू पुरुष र महिला प्रतिस्पर्धीहरूको लागि फरक फरक हुन्छ। यस खेलमा प्रतिस्पर्धी खेलाडीहरूलाई शारीरिक वजन अनुसार तौल समूहमा विभाजन गरिएको हुन्छ। सन् २०१८ मा अन्तर्राष्ट्रिय भारोत्तोलन सङ्घले खेलाडीहरूलाई शारीरिक वजन अनुसार १० तौल समूहमा विभाजन गरेको थियो । सोही तौल समूह अनुसार प्रतिस्पर्धा हुने आयोजकको भनाइ छ ।

    प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुने त्यस्तैगरी युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष राम
    श्रेष्ठ बोसले जानकारी दिएका छन् ।

    त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी माथि तौल समूहका खेलहरु हुनेछ ।

    पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार प्रतियोगितामा उपत्यकाका ३ जिल्लासहित झापा, उदयपुर, मोरङ्ग, सप्तरी, महोत्तरी, सिराहा, धनुषा, बारा, पर्सा, चितवन, कास्की, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, टिम र विभागिय टिमहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना गरी २३ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा करिव २ सय जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ३० स्वर्ण, ३० रजत र ३० काँस्य गरी ९० सहित कुल १८० पदकको लागि प्रतिष्पर्धा हुने संघका अध्यक्ष राम बोसले बताए ।

    प्रतियोगिता सञ्चालन गर्न करिव ५१ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । खेलाडीहरुको लागि आउनेजाने यातायात खर्च र प्रतियोगिता अवधीभर खानेबस्ने व्यवस्था आयोजकले गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

    पत्रकार सम्मेलनमा अध्यक्ष बोसले अन्तराष्ट्रिय प्रतियोगितामा सबै भन्दा धेरै पदक जित्न सफल भारोत्तोलन खेललाई राज्यले यथोचित महत्व नदिएको आरोप समेत लगाएका छन् । उनले भारोत्तोलनको विकासको लागि स्थानीय सरकारहरुले पनि चासो दिनुपर्ने आवश्यकता औल्याउदै देश शीर उचो बनाउने भारत्तोलनलाई तीनै तहका सरकारले उत्प्रेरित वातावारण बनाइदिनुपर्ने बताए ।

    उक्त अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रको विकास एवम् खेलाडीहरुको वृत्ति विकासका कार्यक्रमलाई सहयोग गर्दै आइरहेको जानकारी दिँदैं भारोत्तोलनको लागि आवश्यक सहयोग गर्न आफ्नो नगरपालिका तयार रहेको प्रतिवद्धता जनाएका थिए । उनले भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता मध्यपुर थिमिमा हुनु मध्यपुरकै लागि गौरवको विषय भएको बताउदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचन समेत दिए । पत्रकार सम्मेलनमा आयोजक नेपाल भारोत्तोलन संघका पदाधिकारीहरु, खेलाडीहरु लगायत भारोत्तोलन खेलकर्मीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...