News Portal

  • चाँगुनारायणमा ८६ हजारले लगाए कोभिड-१९ बिरुद्धको खोप,गाउँघर क्लिनिक संचालनको तयारी

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, १९ पुस २०७८
    ७८३ पटक
    changunarayan municipalityचाँगुनारायण, १९ पुस २०७८

    चाँगुनारायण नगरपालिकामा ८६ हजार ३ सय ८३ जनाले कोभिड-१९ बिरुद्धको खोप लगाएका छन् ।

    ७३हजार ३सय ४४ जनाले भेरोसिल ७हजार ९९ जनाले कोभिसिल्ड/एस्ट्रजेनिका, ५हजार ९सय ४३ जनाले जोन्सोनएण्ड जोन्सन गरी ८६हजार ३सय ८३ जनाले कोभिड-१९ बिरुद्धको खोप लगाएका बताइएको हो ।

    नगरपालिकाको १० औं नगर सभामा उप प्रमुख वीणा बास्तोलाले उक्त तथ्यांक पेश गरेकी हुन् । सबै नगरबासीले खोप पाउने ग्यारेन्टी गरिएको भन्दै उनले नगरपालिकालाई खोपयुक्त नगरको रुपमा घोषणा गर्ने लक्ष्य लि एको समेत बताइन।

    त्यसैगरी चाँगुनारायण नगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने परिवारहरुको लागि स्वास्थ्य बिमा कार्यक्रम संचालनमा गरिएको र प्रभावकारी रुपमा अघि बढेको बताइएको छ ।

    हालसम्म नगरक्षेत्रमा १हजार २सय ९३ परिवारहरुबाट ५हजार ८सय १२ नगरबासी ५०% अनुदान मार्फत स्वास्थ्य बिमा कार्यक्रममा सहभागि भईसकेका उनको भनाइ छ ।

    स्वास्थ्य चौकीमा प्राथमिक ल्याब स्थापना भई कार्य शुभारम्भ समेत भईसकेको नगर सभामा ताथली स्वास्थ्य चौकीमा ल्याब स्थापना हुनेप्रकृयामा रहेको जानकारी गराइएको छ । चाँगुनारायण नगर अस्पतालले सम्पूर्ण नगरवासीहरुको उपचारमा २४ घण्टा ईमेरजेन्सी सेवा सहित स्वास्थ्य बिमाका बिरामीहरुको उपचार र औषधी सेवा, डिजिटल एक्स-रे सेवा, भिडियो एक्स- रे सेवा, एन्टी रेविज भ्याक्सिन सेवा, उच्चस्तरको स्वास्थ्य प्रयोगशाला सेवा, २४ औँघण्टा प्रसुती सेवा, कोभिड बि रामी उपचार सेवा लगायत सेवा प्रवाह भैरहेको भनिएको छ ।

    त्यस्तै आर्युवेद सेवा तर्फ आर्युवेद सेवालाई प्रभावकारी बनाई नागरिकहरुको पँहुच बृद्धि गर्न नगरपालि का विभिन्न कार्यक्रमहरुसंचालनमा रहेको छ । जस मध्ये“मेरो स्वास्थ्य, मेरो जि म्मेवारी” भन्नेनारालाई सार्थक तुल्याउन प्रत्येक महिनाको २ पटक ताथलीमा नागरीक आरोग्य सेवा क्लिनिक संचालनमा रहेको बताइएको छ । शरिर सुद्धिकरण चिकित्सा अन्तर्गत स्वस्थ्य जिवनशैली, नियमित योग र पूर्वकर्म सेवालाई प्रमुख प्राथमिकताका राखि सेवा प्रवाह भईरहेको भन्दै आर्युवेद सम्बन्धी गाउँघर क्लिनिक संचालनको तयारी अन्तिम चरणमा रहेको जानकारी गराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...