News Portal

  • फेसबुक ह्याक गरी अनलाइन ठगी गरेको अभियोगमा गठ्ठाघरका पाठक पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० पुस २०७८
    १०८८ पटक
    भक्तपुर, २० पुस २०७८

    फेसबुक आईडि ह्याक गरी बिभिन्न बहाना बनाइ अनलाइन ठगी गर्नेगरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति मोरङ मंगलबारे स्थायी घर भइ भक्तपुरको गठ्ठाघर बस्दै आएका १८ वर्षिय किरण पाठक रहेका छन् ।

    महानगरीय अपराध महाशाखाले पाठकलाई नक्कली ब्यक्ति बनि बिभिन्न बाहाना बनाई रकम ठग्ने गरेको अभियोगमा पक्राउ गरिएको जनाएको छ । आफुलाई अर्जेन्ट समस्या परेको देखाई विश्वास दिलाइ ह्याक गरिएको आइडिमा भएका ब्यक्तिहरु संग  बिभिन्न खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको महाशाखाले जनाएको हो ।

    पक्राउ परेका पाठकलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु पठाईएको महाशाखाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    रहेनन् जातीय तथा भाषिक अधिकार आन्दोलनका अगुवा साहित्यकार शाक्य

    नेपाल भाषाका प्रसिद्ध कवि एवं भक्तपुरका पुराना बामपन्थी नेता त्रिरत्न शाक्यको निधन भएको छ ।...

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...