News Portal

  • भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ पुस २०७८
    १०८५ पटक
    भक्तपुर, २४ पुस २०७८

    नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले पत्रकार बाबुकाजी साछेँ श्रेष्ठलाई पुरस्कृत गरेको छ । आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर शाखाले उनलाई स्व भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो ।

    शुक्रवार मध्यपुरथिमिको यचु पार्टी भेन्यूमा आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रमका बीच पत्रकार श्रेष्ठलाई  स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी रु १० हजार रहेको छ ।

    भक्तपुर शाखाका सदस्य पत्रकार श्रेष्ठ थिमृङ मासिकका प्रकाशक सम्पादक हुन् । मध्यपुर सञ्चार समाजका अध्यक्ष एवं प्रेस सेन्टर नेपाल भक्तपुर शाखाका उपाध्यक्ष समेत रहेका श्रेष्ठ  विगत ३ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव एवम् भक्तपुर शाखाका पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बु, भक्तपुर अध्यक्ष जगत कृष्ण प्रजापति र पुरस्कारदाता मिना महर्जनले पुरस्कृत श्रेष्ठलाई नगद,माला,खादा र प्रमाणपत्रले सम्मान प्रदान गरेका थिए ।

    उक्त अवसरमा मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मोहन बल्ल पुरस्कृत भएका थिए । उक्त पुरस्कारका सस्थापक नारायण भक्त शिल्पकारले महिला पत्रकारका लागि अर्को एक पुरस्कारको घोषणा समेत गरे ।

    अध्यक्ष प्रजापतिको सभापतित्व एवं सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा संचालित कार्यक्रममा बागमती प्रदेशका प्रेस रजस्ट्रार रेवती सापकोटा, भक्तपुर सिडिओ रुद्रादेवी शर्मा,पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईं, केन्द्रीय सदस्यद्वय शन्तराम बिडारी र ज्ञान पौडेल,लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदर दवाडी, पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष सृजन झा,उपाध्यक्ष रोजिना थापा, महासचिव टेनिस रोका, सचिव अमर भुजु, नेपाली कांग्रेस सूर विनायकका सभापति निशान ढुङ्गेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शाखाका सस्थापक अध्यक्ष रमेश खड्काले शाखा स्थापनाको अनुभव बाढ्दै सबै मिलेर भक्तपुर शाखालाई नमूना बनाएर अघि बढ्नुपर्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...