News Portal

  • भक्तपुर र मध्यपुरमा मंगलवारदेखि विद्यार्थीहरुलाई ‘मोर्डना खोप’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ पुस २०७८
    १३११ पटक
    morderna in bhaktapurभक्तपुर, २७ पुस २०७८

    भक्तपुरमा विद्यार्थीहरुले कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाएका छन । १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीले सो खोप लगाएका हुन् ।

    भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्षित गरी जारी खोप अभियान अन्तर्गत मंगलवारसम्म करिब ६ हजार भन्दा बढी विद्यार्थीले मोर्डना खोप लगाएका स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बताएका छन् । मिजारका अनुसार मंगलवारसम्म जिल्लाकोकरिब ६ हजार भन्दा बढी विद्यार्थीले मोर्डना खोप लगाएका छन् भने यो क्रम जारी नै छ ।

    चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयहरुमा खोप अभियान सम्पन्न भएको तर मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका विद्यालयहरुमा भने मंगलवारदेखी खोप अभियान शुरु भएको मिजारले जानकारी गराए । नगरपालिकासंग मिलेर स्वास्थ्य कार्यालयले खोप अभियान संचालन गरेको हो ।

    सिसिएमसिको सिफारिसमा शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेपनि खोप अभियान भने जारी रहने उनको भनाइ छ ।

    भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जनाएको छ ।खोप लगाउन विद्यार्थीहरुले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधान बनाएको बताइएको छ । यसले कुन विद्यालयका कति विद्यार्थीले खोप लगाए भन्ने तथ्यांक थाहा हुने नगरपालिकाले जनाएको छ ।

    खोप अभियानको लागि भक्तपुर नपाले विभिन्न विद्यालय तथा कलेजहरुमा खोप केन्द्र तोकेको र मंगलवार उल्लेख्यरुपमा विद्यार्थीहरु उपस्थित भई खोप कार्यक्रममा सहभागी भएका भक्तपुर नगरपालिकाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...