News Portal

  • कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    भक्तपुरपोस्ट संवाददाता सानोठिमी, २ माघ २०७८
    ३८१५ पटक
    सानोठिमी, २ माघ २०७८

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय(कक्षा १०) को कामु परीक्षा नियन्त्रक नियुक्त भएका हुन् ।

    नवनियुक्त परीक्षा नियन्त्रक रायमाझीले पदभार ग्रहण गर्दै परीक्षा विद्यार्थीको भविष्यसंग जोडिएकोले कार्यसम्पादनमा कर्मचारीहरु जिम्मेवार बन्नुपर्ने बताए । कार्यालयमा आउने सेवाग्राहीलाई मिठो बोलीबचन गर्न र छिटो र त्रुटीरहित सेवा प्रवाह गर्न निर्देशन दिंदै नियन्त्रक रायमाझीले सेवाग्राही मैत्री व्यवहार नगर्ने कर्मचारीहरुलाई कारवाही गर्ने समेत प्रष्ट पारे । विद्यार्थीहरु स्वभावत: छिटो काम खोज्ने स्वभावका हुने भन्दै उनले विद्यार्थीहरुलाई हप्काएर नभई सम्झाई बुझाई कन्भिन्स गर्नुपर्नेमा जोड दिए । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरुको व्यवहारले विद्यार्थीहरुमा कर्मचारीप्रतिको दृष्टिकोण बन्ने बताउदै उनले मुस्कानसहितको सेवा दिन निर्देशन दिएका थिए ।

    निवर्तमान परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएसंगै रायमाझी उनको ठाउँमा आएका हुन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अधिकारीलाई बिदाइ तथा रायमाझीलाई बोर्डको कार्यालयमा स्वागत गरेका उनका निजी सचिव प्रकाश अवालेले बताए । उक्त अवसरमा अध्यक्ष शर्माले नवनियुक्त परीक्षा नियन्त्रक रायमाझीको कार्यकाल बोर्डका लागि थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आवश्यक निर्देशन दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...