News Portal

  • समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ माघ २०७८
    ८९३ पटक
    भक्तपुर, ५ माघ २०७८

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की आएका छन् । कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । कार्की नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य समेत हुन् ।                                बुधबार सम्पन्न पहिलो जिल्ला भेलाबाट दिनेश कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको  उपत्यका संयोजक सविन शर्माले जनाएका छन् ।

    नवगठित संगठनको उपाध्यक्षमा विजय चालिसे, महिला उपाध्यक्षमा नजिना भण्डारी, सचिवमा सुवास चौलागाईं, सहसचिवमा गणेश महर्जन र ज्ञानेन्द्र खाइजु तथा कोषाध्यक्षमा रचना बयलकोटी चयन भएका बताइएको छ ।

    यस्तै, संगठनको सदस्यहरुमा मनोज कुमार फुयाँल, मिकेश रानाभाट, श्रीकर पोखरेल, ज्योती बिक, रीता भट्टराई, जीवन तिमल्सिना, अनुषा थापा, रामहरी चौलागाईं लगायत रहेका नवनिर्वाचित अध्यक्ष दिनेश कार्कीले जानकारी दिए । सल्लाहकारमा अग्रज एवं जेष्ठ पत्रकार प्रवीन जोशी, कृष्ण प्रधान लगायतलाई चयन गरिएको पनि उनले बताए ।

    भेलामा नेकपा (एकीकृत समाजवादी) भक्तपुरका जिल्ला अध्यक्ष श्याम बस्नेत, जिल्ला सचिवालय सदस्य छन्द विज्ञान निरौला, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष सन्तराम बिडारी, महासचिव भूपराज खड्का, सचिव गोविन्द चौलागाईं, केन्द्रीय सदस्य केशव लुइटेल, पत्रकार प्रवीन जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।                                                                       उक्त अवसरमा प्रेस चौतारी नेपाल परित्याग गर्दै प्रेस चौतारी बागमती प्रदेश कमिटीका सदस्य बिजय चालिसे समाजवादी प्रेस संगठन नेपालमा आवद्ध भएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...