News Portal

  • सीटीईभीटी वर्तमान स्थिति भन्दा फरक हुनुपर्छ : मन्त्री पौडेल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ माघ २०७८
    १२८१ पटक
    devendra paudel mantriभक्तपुर, १६ माघ २०७८

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नसक्नु पर्नेमा जोड दिएका छन् ।

    आइतबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले यथास्थितिमा सिटीइभिटीको कामबाट सन्तुष्ट हुन सकिने अवस्था नरहेको बताए । देशलाई चाहिने प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादन गर्ने मात्र नभई त्यसलाई उत्पादनसंग समेत जोड्ने संस्था सीटीईभीटी भएको भन्दै उनले सोहीबमोजिम ससक्त योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिए ।

    ‘ऐन, नियमावली र नीतिमा समस्या छन् भने बुँदागत रुपमा ल्याउनुस् समाधान गरौं’ मन्त्री पौडेलले भने, ‘ यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुनपर्यो।’

    १० औं वर्षदेखिका फाइलहरु पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिएका उनका प्रेस संयोजक बिमल खड्काले बताए ।

    ‘नयाँ बजेटको प्रक्रिया थालनी भएको जानकारी गराउदै उनले भने, ‘संस्थाका आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस्, पछि बजेट नभएर काम गर्न सकिएन भन्ने बहाना नबनाउनु ।’

    उक्त अवसरमा मन्त्री पौडेलले मन्त्रालयले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रुपले काममा लाग्नुपर्ने आवास्यकता औल्याएका थिए ।

    त्यसैगरी शिक्षा सचिव यादवप्रसाद कोइरालले पारदर्शीता र सुशासनमा जोड दिंदै नियम विपरित काम गरे मन्त्रालयले दण्डित गर्ने बताए । ‘मन्त्रालय कर्मचारीको अभिभावक हो ।  पारदर्शीता र सुशासनमा प्रतिबद्ध हुनुहोस् ।’ सचिव कोइरालाले प्रष्ट पारे ।

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादन गर्ने सीटीईभीटी हरेक समय शैक्षिक गुणस्तरको चर्चामा भन्दा सम्बन्धन दिने खेलोमेलोका कारण चर्चित र बिबादित बन्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...