News Portal

  • वाइसिएलको भक्तपुर सचिवमा उप्रेती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ माघ २०७८
    १०१६ पटक
    भक्तपुर, २५ माघ २०७८

    सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल,नेपाल) को भक्तपुर सचिवमा सरराज उप्रेती चयन भएका छन् । उप्रेती वाइसिएलको बागमती प्रदेश सदस्य समेत हुन् ।

    सर्वसम्मत रुपमा उनलाई जिल्ला कार्यसमितिको सचिवमा चयन गरिएको बागमती प्रदेश इन्चार्ज प्रकाशचन्द्र पाण्डे’प्रलोक’ले पुष्टि गरे । वाइसिएलले जिल्लामा अध्यक्ष र सचिव बाहेक पदाधिकारी भने टुंगो लगाएको छैन । भक्तपुर अध्यक्षमा भने नरेश रन्जितले जिम्मेवारी पाएका छन् ।

    वाइसिएल भक्तपुरबाट रोशन बासुकला,सुमन दाहाल,बिक्रम ह्यान्बो, सुरेन्द्र सुवाल,शुष्मा श्रेष्ठ र दिपेश लामिछाने मंगलवार बागमती प्रदेश सदस्यमा मनोनित भएका समेत जानकारी गराइएको छ । यसैगरी कृष्णमान बन्माला अमित कारंजित र निरोज आचार्यलाई बिभागीय समितिको सदस्यको जिम्मेवारी दिइएको बताइएको छ । वाइसिएल भक्तपुरको इन्चार्जमा भने दिनेश थपलिया आक्रोश रहेका छन् । वाइसिएलको बागमती प्रदेशको बैठकले उक्त जिम्मेवारी दिएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...