News Portal

  • भक्तपुरमा वाइसीएलले रक्तदान र विद्यार्थीले दीप प्रज्वलन गरी मनाए जनयुद्ध दिवस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ फागुन २०७८
    १३९२ पटक
    भक्तपुर, १ फागुन २०७८

    भक्तपुरमा बिबिध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ । देशको परिवर्तनकारी पार्टीको रुपमा रहेको माओवादीद्वारा संचालित १० वर्षे जनयुद्धको स्मरण गर्दै जनयुद्ध दिवस मनाइएको हो ।

    २७ औं जनयुद्ध दिवसको अवसर पारेर आइतवार नेकपा(माओवादी केन्द्र) भक्तपुरले बिबिध कार्यक्रम सम्पन्न गरेको जिल्ला संयोजक डिपी ढकालले जानकारी दिए । पार्टीको जनवर्गीय संगठनले आफ्नो अनुकूलतामा बिबिध रचनात्मक कार्य गर्दै जनयुद्ध दिवस मनाएको उनको भनाइ छ । पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा उपस्थित भई भक्तपुरका अगुवा माओवादीहरुले शहिदहरुलाई श्रद्धान्जली दिदै क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    यसैबीच सहायक संगठन योङ्ग कम्युनिष्ट लिग भक्तपुरको आयोजनामा राधेराधेमा युवाहरुले रक्तदान कार्यक्रम गरेका वाइसिएल जिल्ला संयोजक नरेश रन्जितले जनाएका छन् । जनयुद्धको स्मरणमा आयोजित उक्त रक्तदान कार्यक्रममा करिब १ सय युवाहरु सहभागी भएका थिए । कोभिड १९ महामारीका कारण उत्पन्न रगतको अभावलाई मध्यनजर गरी आफूहरुले रक्तदान गरी जनयुद्ध दिवस मनाएको वाइसिएल इन्चार्ज दिनेश थपलिया आक्रोशको भनाइ छ ।

    त्यस्तै पार्टीको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) भक्तपुरले दिप प्रज्वलन मार्फत जनयुद्ध दिवस मनाएको छ । सानोठिमी क्याम्पसमा विद्यार्थीहरु भेला भई दीप प्रज्वलन गर्दै जनयुद्ध दिवस मनाएका हुन् ।

    आफूहरु जनयुद्ध लडेको पुस्ता नभएपनि जनयुद्धका कारण आएको राजनीनिक परिवर्तन गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रणाली लगायत परिवर्तनका पक्षपोषक भएका कारण जनयुद्धका शहिद र बेपत्ताको सम्झनामा दीप प्रज्वलन गरी दिवस मनाएको उपाध्यक्ष रेशमलाल श्रेष्ठले बताएका छन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जनयुद्धकै जगमा स्थापित भएको भन्दै प्रेस सेन्टर नेपाल भक्तपुरले पनि जनयुद्धको क्रममा सहादत प्राप्त गरेका भक्तपुरका महान सहिद बैकुण्ठहरी श्रेष्ठको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको सचिव मदन ढुंगानाले जानकारी दिए । जनयुद्धलाई बद्नाम गर्ने तर जनयुद्धबाट प्राप्त परिवर्तनमा रजगज गर्नेहरुबाट सावधान हुनुपर्ने भन्दै प्रेस सेन्टर भक्तपुरका उपाध्यक्ष बाबुकाजी साछें श्रेष्ठले जनयुद्धलाई जीवन्त बनाइराख्न क्रान्तिकारी पत्रकारहरुले कलम चलाइराख्नुपर्ने आवश्यकता औल्याए ।

    जनयुद्ध दिवस मनाउने क्रममा वर्तमान अवस्थामा परिवर्तन बिरोधी शक्तिहरु सल्बलाइरहेकाले क्रान्तिकारीहरु एकजुट हुनुपर्ने र जनयुद्धको जगमा भएको परिवर्तनलाई जोगाइराख्नुपर्नेमा जोड दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...