News Portal

  • भक्तपुरमा अचेत अवस्थामा फेला परेका २ सहित ४ जनाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ फागुन २०७८
    २४४५ पटक
    भक्तपुर, ७ फागुन २०७८

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई जना र सानोथिमिमै भर्याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका ९ नंखेलमा एक पुरुष मृत अवस्थामा फेला परेको हो ।

    महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार सानोथिमीस्थित मगरगाँउमा ७८ वर्षिय शिवराम श्रीमालीको आफ्नै १ तल्ले घरको भर्याङबाट अचानक लड्ेर मृत्यु भएको हो । लडेर घाईते भएका श्रीमालीलाई उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताए ।

    त्यस्तै मध्यपुर थिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्ट पछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी ९ का ३५ वर्षिय सुरज तामाङको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । तामाङलाई उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले बताए ।

    यसैगरी मध्यपुर थिमि–२, सानोथिमिस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षिय गणेश मगरको पनि उपचारको क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुक्कुल लगाई अचेत अवस्थामा मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खवर गरेकोमा तत्कालै प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले मगरको उद्धार गरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको थियो ।

    यस्तै, सूर्यविनायक नगरपालिका– ९ नँखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिच उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । प्रहरीले चार वटै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...