News Portal

  • नेशनल प्याव्सन भक्तपुरको आठौं साधारण सभा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ फागुन २०७८
    ७४५ पटक
    भक्तपुर, १५ फागुन २०७८

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुरको आठौं साधारण सभा सम्पन्न भएको छ ।शनिवार डोलेश्वरस्थित एक रिसोर्टमा साधारण सभा सम्पन्न भएको हो ।

    उक्त अवसरमा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले सरकारले निजी विद्यालयलाई आत्महत्या गराउन खोजिरहेको आरोप लगाए । सरकारले ऐन बनाएर निजी विद्यालयलाई कस्न खोजेको उल्लेख गर्दै उनले सहकारी र गुठीमार्फतमात्र निजी विद्यालय सञ्चालन गर्न खोज्नु गलत रहेको बताए ।

    केन्द्रीय अध्यक्ष सापकोटाले माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा गएसँगै निजी विद्यालय संघ र स्थानीय तहको चेपुवामा परेको र स्थानीय तहले विद्यालयसम्बन्धि एकल अधिकारको प्रयोग गर्दाको मार निजी विद्यालयले भोगिरहेको गुनासो गरे ।

    कार्यक्रमको सभापत्तित्वनेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गरेका थिए भने संचालन सचिव प्रकाश राइको रहेको थियो । उक्त अवसरमा एन प्याब्सन भक्तपुरका सल्लाहकार जीबी खड्का, अर्का सल्लाहकार बिक्रम ढुकुछु लगायतले सरकारको अपहेलनाका बाबजूद निजी विद्यालयहरुले शिक्षाको विकासमा योगदान गरिरहेका जिकिर गरे ।

    साधारण सभाको अवसर पारेर टाटाले भक्तपुरमा नयाँ स्कूल बस समेत लन्च गरेको छ । नयाँ मोडल र विशेषता सहितको स्कूल बस नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले संयुक्तरूपमा लन्च गरेका थिए । सिप्रदीले बजारमा ल्याएको उक्त बसको मार्केटिङ अफिसर विकास दाहालले विशेषता र विक्री स्किमबारे जानकारी गराएका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...