News Portal

  • भक्तपुरमा समसामयिक राजनीतिक विषयको अन्तरक्रिया सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२० फागुन २०७८
    ५७९० पटक
    भक्तपुर,२० फागुन २०७८

    एमसीसी लगायतको समसामयिक राजनीतिक विषयमा केन्द्रीत रही भक्तपुरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र)को भक्तपुर नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    शुक्रवार साँझ भक्तपुर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसीसी बारे सहभागीहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा संसदबाट एमसीसी पास भएको विषयमा माओवादी केन्द्रमाथि प्रहार गर्न खोजिएको र त्यो राजनीतिक दुरासय र पूर्वाग्रह भएको निष्कर्ष समेत निकालिएको नगर सचिव बिक्रम ह्याङ्गोले बताए ।

    उक्त अवसरमा उठेका प्रश्नहरु माथि पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, प्रदेश सचिवालय सदस्यहरु देवेन्द्र श्रेष्ठ दिवाकर, डिपी ढकाल लगायतले प्रष्ट पार्ने प्रयास गरेका थिए । उनीहरुले व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास गर्नु उपलब्धीपूर्ण भएको भन्दै सोकुरा आफ्नो पार्टीको कारण सम्भव भएको जिकिर गरे ।

    संसदको अंक गणितमा सानो दल भएर पनि पार्टीले यथास्थितिमा हुबहु एमसीसी पास हुन नदिने अडान कायम गरेको प्रति गर्व गर्दै उनीहरुले बाख्यात्मक टिप्पणीले संकास्पद बुदाहरु खारेज गरिदिएको र सम्झौतालाई राष्ट्रहित अनुकुल देशको संविधान र कानुनको नियन्त्रणमा राख्न सफल बनेको बताए ।

    व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास भएको कुरामा दुनियाले पार्टी नेतृत्वको प्रशंसा गरिरहेको बेला आफ्नै देशका माओवादी केन्द्र बिरोधीहरुको हल्लाको पछि कार्यकर्ता बहकिएका नेताहरुको दावी छ । ‘व्याख्यात्मक टिप्पणी प्रति एकमत भै दबाब सृजना गर्नुको साटो यसको कानुनी मान्यता नहुने भन्दै कराउने पार्टी र नेताहरु राष्ट्रघाती भएका भन्दै उनीहरुले व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले समेत स्वीकार गरिसकेकोले भ्रममा नपर्न र नेतृत्व प्रतिको आरोपको खण्डन गर्न कार्यकर्तालाई आग्रह गरे ।

    आफ्नो पार्टीले सक्ने जति गरेको भन्दै उनीहरुले हिड्ने गोरुको पुच्छर निमोठ्ने काम भैरहेको भनेका थिए । जनतामा भ्रम सिर्जना गर्न केही पार्टी र तीनका नेताहरु लागिरहेको आरोप लगाउदै बक्ताहरुले त्यसको मुकाबिला गरी जनतालाई यथार्थ बुझाउनुपर्ने आवश्यकता औल्याएका थिए ।

    कार्यक्रम नगर अध्यक्ष राकेश सुवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...