News Portal

  • माओवादी केन्द्रको केन्द्रीय समितिमा थपिए भक्तपुरका दुई शिर्ष नेताहरु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ फागुन २०७८
    १४१४ पटक
    devendra dpभक्तपुर, २३ फागुन २०७८

    नेकपा (माओवादी केन्द्र)ले आफ्नो केन्द्रीय समितिमा ९७ जना केन्द्रीय सदस्य थप गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले ९७ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो ।

    थप ९७ जना केन्द्रीय सदस्यहरुमा भक्तपुर जिल्लाका दुई शिर्ष नेताहरु समेत समेटिएका छन् । केन्द्रीय समितिमा पर्ने भक्तपुरका नेताहरु देवेन्द्र श्रेष्ठ दिवाकर र डिपी ढकाल हुन् । पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डले सोमबार बाचन गरेका ९७ जनाको नामावलीमा उनीहरुको नाम अटाएको हो । पार्टी कमिटीहरुले गरेका सिफारिस मध्येबाट पार्टी अध्यक्ष प्रचण्डले ९७ जनाको नाम पढेर सुनाएका र सो सर्वसम्मतीले पास भएको एक सहभागीले बताए । श्रेष्ठ जनजाति पुरुषको कोटामा केन्द्रीय सदस्य मनोनित भएका छन् भने ढकाललाई खस आर्य युवाको कोटाबाट केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।

    भक्तपुर वाट श्रेष्ठ र ढकाल थपिए संगै जिल्लामा माओवादी केन्द्रीय सदस्यको संख्या ४ पुगेको छ । यस अघि जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म र बागमती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ उर्मिला महाधिवेशन बाटै केन्द्रीय समितिमा पर्न सफल भएका थिए । माओवादी केन्द्रको भक्तपुरमा करिब ४ हजार पार्टी सदस्य रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...