अन्तराष्ट्रिय महिला दिवसको दिन भएकोले होला सपना पनि मिठो देखें । मानिस जन्मदै आफ्नो लैङ्गिक पहिचान लिएर आएको हुन्छ । कोहि महिला, कोहि पुरुष त कोहि अरु नै । पहिचान गर्ने लिङ्ग जे भए पनि अपनत्व आफ्नै हुन्छ । जन्मँदाको पहिचान जस्को जे भए पनि आफू महिला भएकोमा मलाइ गर्व छ । त्यसैले बिपनामा मात्र होइन, सपनामा पनि महिलाका पिरब्यथा र मुक्तिका कुरा देख्ने गर्छु । यसै सन्दर्भमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला मुक्तिका कुरा सपना बनेर बल्झियो ।
८ मार्च अर्थात ११२औं अन्तराष्ट्रिय महिला दिवस । यो वर्ष “Break The Bias: A Focus on Women’s Health and Wellbeing. “Imagine a Gender Equal World. A world Free of Bias, Stereotype and Discrimination. A world that is Diverse, Equitable and Inclusive” (विभेदलाई तोडौंः महिलाको स्वास्थ्य र सर्वाङ्ग विकासमा ध्यानाकर्षण । लैङ्गिक समानतामूलक विश्व, निस्पक्ष, स्वतन्त्र र विभेद रहित विश्व, फराकिलो, समतामूलक र समावेशी विश्वको परिकल्पना) भन्ने मुल नाराका साथ मनाउदै छौं । विश्वभर मनाउदै गरेको यस अन्तराष्ट्रिय महिला दिवस कसरी र कहिलेबाट मनाउन थालियो, यसले विश्व जगतमा कस्तो प्रभाव पारिरहेको छ भनेर जान्ने उत्सुक्ता सपनामै जाग्यो ।
सन् १९०६ मा महिलाहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । त्यसपछि सन् १९०८ मार्च ८ का दिन अमेरिकाको शिकागो शहरमा महिलाहरुको समान हक अधिकारको मागलाई लिएर महिलाहरुले विशाल जुलुश प्रदर्शन गरे । यसरी महिलाहरुले आफ्नो हक अधिकारको माग राख्दै गरेको सुरुवाती आन्दोलनलाई स्मरण गर्दै सन् १९१० मा कोपेन्हेगनमा महिलाहरुको दोस्रो अन्तराष्ट्र्यि सम्मेलनमा जर्मनीका माक्र्सवादी नेतृ क्लारा जेटकिनले ८ मार्चलाई अन्तरास्त्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव राखिन् र सो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरुले ८ मार्चलाई अन्तरास्त्रिय महिला दिवसको रुपमा मनाउन थाले । त्यसकै निरन्तरताको रुपमा आजको दिन विश्वभरी हामी यो दिवस मनाउदै छौं ।
महिला दिवस मनाउनु अघि महिलाको अवस्था कस्तो थियो जान्न मन लाग्यो । यस अघि विश्वका केहि सिमित (३ वटा) देशमा मात्र महिलालाई मतदानको अधिकार दिइएको थियो । जसमा सन् १८३० मा न्यूजिल्याण्ड, सन् १९०२ मा अस्त्रेलिया र सन् १९०६ मा फिनल्याण्डमा मत दिने अधिकारको व्यवस्था गरिएको थियो । सन् १९०९ देखि संयुक्त राष्ट््र संघले महिलाहरुलाई जागरुक र पिछडिएको अनुभव नहोस् भनेर हरेक वर्ष अन्तरास्त्रिय महिला दिवस मनाउन थालेको हो । नेपालमा भने सन् १९५९ देखि यो दिवस मनाउन थालेको पाइन्छ । संयुक्त राष्ट््र संघले नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनि अन्तरास्त्रिय महिला दिवस मनाउन थालेपछि मात्र सन् १९१७ मा रुसमा, सन् १९१८ मा बेलायतमा र सन् १९४६ मा जापानमा महिलालाई मत दिने अधिकार दिइएको हो । नेपालमा भने प्रजातन्त्र प्राप्ति संगै सन् १९५० देखि मतदानको अधिकार दिइएको छ ।
दिगो विकास लक्ष्य २०३० मा लैङ्कि समतालाई ५ नम्बरमा राखिएको छ । सबै किसिमको छुवाछुतको अन्त्य एउटा मानव अधिकार प्राप्ति मात्र नभएर यसले दिगो विकासका लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । महिला सशक्तिकरणले आर्थिक वृद्धि र विकासमा टेवा पु¥याउँछ । महिलाहरुलाई समान अधिकार, सम्पति, यौन तथा प्रजनन स्वास्थ्य लगायत प्रविधि र इन्टरनेतको सुविधा दिन अत्यावश्यक छ । विगतमा भन्दा अहिले महिला सहभागिता अवश्य बढेको छ तथापी अझै बढि महिलाहरुलाई नेतृत्वमा ल्याउन सके लैङ्कि समानतामा सहगोग पुग्नेछ ।
नेपालको संविधान २०७२ को धारा ३५ अन्र्तगतको उपधारा ३ मा “प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ” भनिएको छ । संविधानले यसो भनिरहँदा प्रत्येक नागरिकको स्वास्थ्य सम्बन्धि यस हकलाई प्रत्याभुत गर्न साना देखि ठुला ठुला तत्कालिन तथा दीर्घकालिन लक्ष्य राख्ने, योजना तर्जुमा गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शौचालयमै पनि समान सुविधा उपलब्ध भएको पाइँदैन । महिला शौचालयमा पुरुषले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन कण्डम पाइन्छ तर महिलाको प्राकृतिक रुपमा हुने महिनावारीमा प्रयोग गर्ने स्यानीतरी प्याड पाइँदैन ।
यहि संविधान जारी गर्न महिलाहरुले पु¥याएको योगदान कम छैन । धेरै साना ठुला राजनैतिक परिवर्तनहरु भए । राजनैतिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, मातृत्व सम्बन्धि सेवा विस्तार, आफ्नो शरीर माथी आफ्नो अधिकारलगायतका विषयमा कानुनी रुपमा अधिकारहरुको विकास हुँदै आएको छ । महिला चेतनामा आएको परिवर्तन, सामाजिक तथा आर्थिक रुपमा बढ्दो महिला सहभागिता आन्दोलनका उपलब्धि हुन् । यद्यपि लामो समयदेखि महिलाहरुले संघर्ष, उत्पिडनमा आवाज उठाउँदै आए पनि आज सम्म सशक्त रुपले सम्मानजनक व्यवहार पाउन सकेको छैन । जति नै परिवर्तन भए पनि विभिन्न खालका भेदभाव र असमानताहरु कायमै छन् । महिलाहरुको अधिकारका लागि संघर्ष थालनी भएको दशकौं बितिसक्दा आज पनि महिलाहरु दोस्रो दर्जाका नागरिक सरह अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ ।
महिलालाई अझैपनि जन्मेको घर, हुर्केको टोल, समाज हँुदै राज्य तहमै कमजोर पात्रको रुपमा चित्रण गरिन्छ । समय संगै परिवर्तनका लहरहरु केहि हदसम्म आए पनि हाम्रो सोच, विचार र व्यवहारमा तुलनात्मक रुपमा परिवर्तन आएको छैन । २१सौं शताब्दीका सक्षम महिलाहरुले घर गृहस्थीलाई नै प्राथमिकतामा राख्न बाध्य भएर आफ्नो व्यक्तित्व विकासलाई ध्यान दिन नसकेका धेरै घटनाहरु छन् । समाजमा धेरै जसो महिलालाई अनेक बाहाना बनाएर बन्धनमा बाँध्न खोजिन्छ, विश्व हाँक्ने क्षमतावान महिलाहरु देखि बाध्यताले आफ्नो जीवन नै अरुको घर शृंर्गान व्यतित गर्ने महिलाको अबमुल्यन गरी पुरुष महिला माथि असमान व्यवहार गर्छ ।
महिलाहरुलाई विभेदपूर्ण व्यवहार मात्र हैन सामाजिक असुरक्षा पनि उत्तिकै छ । आज पनि बलात्कृत हुँदा सम्बधित निकायमा यसको सुनुवाइ कम हुन्छ, एउटा अबला, असहाय, विधुवा, गरिब महिलालाई अझै बोक्सीको आरोपमा शारीरिक तथा मानसिक यातना दिइन्छ, प्राकृतिक प्रक्रिया अनुसार महिनावरी हुँदा छाउ गोठ बस्ने देखि पूजा पाठ, श्रादमा अनेक भ्रम र मनगढन्ते कथासंग जोडेर सहभागी गराइँदैन । आफुले भने जस्तो नहुँदा किशोरीहरुलाई तेजाव आक्रमण गरिन्छ । दाइजोको निहुँमा जिउदै जलाइन्छ । परनिर्भर, बाँझी, छोरा नपाएको, आफ्नो घरको चौघेरामा मात्र सिमित हुनुपर्ने, व्यक्ति पिच्छेका नियम लगाएर कतिपय पुरुष महिला माथि शासन गर्छन् ।
यसरी विभिन्न बहानामा महिला माथि हिंसा हुने गर्दछ । एक व्यक्तिबाट अर्को व्यक्तिलाई जानिजानि शारिरीक, मानसिक रुपमा बल प्रयोग गरि वा नगरी दैनिक जीवनशैलीमा प्रभाव पर्ने कुनै किसिमको क्रियाकलाप गर्छ भने त्यसलाई हिंसा भनिन्छ । हिंसा धेरै किसिमको हुन्छ । लैङ्गिक हिंसा, घरेलु हिंसा, शारिरीक हिंसा, मानसिक हिंसा, सामाजिक हिंसा आदी । लिङ्गका आधारमा कमजोर माथि शक्तिशालिले गरिने हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । घरभित्र विभिन्न बाहानामा कमजोर माथि गरिने हिंसा घरेलु हिंसा हो ।
संसारभर महिला हिंसाको तथ्याङ्कलाई हेर्ने हो भने, सन् २०२१ म विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको तथ्य अनुसार महिला हिंसामा यौन हिंसा मुख्य र महत्वपूर्ण जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । त्यसैगरी विश्वमा ३ जना महिला मध्ये १ जना महिला जीवनभरमा आफ्नै पार्टनर वा अन्य व्यक्तिबाट शारिरीक/मानसिक यौन शोषणमा पर्ने गरेको छ । हिंसाबाट महिलाको शारिरीक, मानसिक, यौनिक र मातृत्वमा नकारात्मक असर पर्ने गरेको छ ।
त्यसैगरी नेपालको अवस्थालाई नियाल्दा, वोरेक नेपालले प्रकाशन गरेको तथ्याङ्क अनुसार नेपालमा सन् २०१८ जुलाई देखि सन् २०१९ जुन सम्ममा १३१९ वटा महिला हिंसाका घटनाहरु दर्ता भएका छन्, जसमध्ये ६६.७२ प्रतिशत (८८०) वटा घरेलु हिंसा, ११.९८ प्रतिशत (१५८) सामाजिक हिंसा, १०.८४ प्रतिशत (१४३) बलात्कार र ४.७ प्रतिशत (६२) वटा यौन हिंसाका घटनाहरु दर्ता भएका छन् ।
यस्तै गरी राज्यले नै महिलालाई समान हैसियत दिन सकेको छैन । महिला र पुरुषको समागमबाट जन्मिएको बच्चाको पहिचान दिन बाबु नै चाहिन्छ । कुनै पनि आमाले आफ्नो स्वविवेक र स्वइच्छाले सन्तानलाई पहिचान दिन नसक्नुले कस्तो खालको लोकतान्त्रिक पद्यतिको अभ्यास गरिरहेका छौं प्रश्त पार्छ । यसरी देशमा परिवर्तनका लागि लड्ने महिलामाथि राज्यबाट नै आफ्नो पहिचानको प्रत्याभूति दिन नसकदा आज ११२ औं अन्तराष्ट््िरय महिला दिवसको नारा “Break The Bias” भन्ने नारा कहिले पूरा हुन्छ खै ?
हामीले हाम्रो सोच, विचार र व्यवहारमा परिर्वतन गरेर हिंसालाई कम गर्न सक्छौं । हरेक व्यक्ति शारिरीक, मानसिक, आर्थिक रुपमा सक्षम भएमा हिंसा धेरै हद सम्म रोक्न सकिन्छ र यसरी प्रत्येक नागरिकलाई सक्षम बनाउनु राज्यको दायित्व हो । सबै नागरिकलाई समान हैसियत दिनु, राज्य संयन्त्र, राजनैतिक दल, निर्णय गर्ने ठाउँमा महिला सहभागितामा वृद्धि गर्नु, आर्थिक अधिकार समान रुपमा व्यवहारमा लागु गर्नाले धेरै हदसम्म लैङ्कि समानतालाई सहयोग पुग्नेछ । यस्तै के के कुरा सोच्दै थिएँ, सोच्दा सोच्दै बिउँझिएछु । अन्ततः समृद्ध नेपाल सुखी नेपाली बन्न सकौं, सम्पूर्ण नागरिकलाई प्रेरणा मिलोस् ।अन्तराष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना !
(लेखक अस्मिता किवानायो स्वास्थ्यकर्मी हुन् ।)