News Portal

  • भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न, नास हैमा बाजा खलः प्रथम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२७ फागुन २०७८
    १४७८ पटक
    narayanman bhaktapurभक्तपुर,२७ फागुन २०७८

    भक्तपुर नगरपालिकाले नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

    नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम, खिछेँ दाफा भजन खलःद्वितीय, तचपाल मको गल्ली बाजा समूह तृतीय,सिद्धिगणेश बांसुरी बाजा समूह र श्री चोछें छुमा गणेश बांसुरी बाजा खलःले सान्त्वना स्थान हासिल गरेका छन् ।

    प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. २० हजार, द्वितीयलाई नगद रु. १५ हजार, तृतीय हुन सफल समूहलाई नगद रु. १० हजार र सान्त्वना स्थान प्राप्त गरेका समूहलाई प्रति टोली नगद रु. ५ हजार तथा सहभागी टोलीलाई खाजा खर्च रु. २हजार ५ सयप्रदान गरिएको थियो । नगरपालिकाले नगद पुरस्कारका अलावा पछिमा, सिछ्या, त, बांसुरी लगायात बाजाहरु समेत पुरस्कारमा दिएको थियो ।

    उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुरस्कार वितरण गरेका थिए ।पुरस्कार वितरण समारोह लाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले कला र संस्कृति भक्तपुरको अमूल्य सम्पत्ति भएको भन्दै यसको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए ।
    यस्ता प्रतियोगिताले यहाँका कलाकारहरुमा उत्साह र हौसला थप्ने तथा कला संस्कृति पनि संरक्षण हुने तर्क गर्दै उनले कला संस्कृति संरक्षणमा भक्तपुर नपाले गरेको कामबाट देशका अन्य स्थानीय तहहरुले पनि सिक्नपर्ने प्रष्ट पारे ।

    अध्यक्ष बिजुक्छेँले कला संस्कृतिको क्षेत्रमा सांस्कृतिक गुरुहरु विश्वविद्यालय तहका प्राध्यापक सरह भएको भन्दै उनीहरुको योगदानलाई कहिल्यै बिर्सनु नहुने बताए । नगरपालिकाले उनीहरुको उचित कदर गर्ने उनले विश्वास समेत व्यक्त गरे ।

    ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि निरन्तर प्रयासरत रहेपनि नपाइएको प्रति दुख व्यक्त गर्दै उनले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले देशको लागि आवश्यक इन्जिनियर उत्पादन गरिरहेको प्रति सन्तोष प्रकट गरेका थिए ।

    शासक दलले देशका ढुकुटी लापरबाही ढंगले खर्च गरिरहेको आरोप लगाउदै उनले भक्तपुर नपाका जनप्रतिनिधिहरुलाई इमानदारीपूर्वक देश र जनताको सेवामा लाग्न निर्देशन समेत दिए ।

    समारोहका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले चुनावी घोषणापत्रअनुसार प्रत्येक वर्ष सांस्कृतिक प्रतियोगिता गर्दै आएको जानकारी गराउदै आफूहरु बोलेको कुरा पुरा गर्न प्रतिवद्ध रहेको बाताए । नेमकिपाको तर्फबाट निर्वाचित भक्तपुरका जनप्रतिनिधिले जनताको निःस्वार्थ रुपमा सेवा गर्दै आइरहेको जिकिर गर्दै प्रमुख प्रजापतिले जनताको हित भन्दा माथि आफूहरुको अर्को कुनै स्वार्थ नहुने प्रष्ट पारे ।

    कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,निर्णायक मण्डलका तर्फबाट सांस्कृतिक गुरु पञ्चलाल लाछिमस्यू,पछिमा बाजा प्रतियोगिता संयोजन समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र पछिमा बाजा प्रतियोगिता संयोजन समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्रतियोगिताको उद्देश्य र महत्वमाथि प्रकास पारेका थिए ।

    प्रतियोगी समूहहरुको मूल्यांकन नगरपरिक्रमाको क्रममा विभिन्न ठाँउहरुमा र कार्यक्रमस्थल रहेको भक्तपुर दरबार क्षेत्रमा समेत भएको थियो । बाजा प्रतियोगितामा ३३ वटा बाजा समूहले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...