News Portal

  • मध्यपुरमा ४ सय ५६ घरपरिवारलाई लालपूर्जा वितरण, सपना जस्तै लागेको स्थानीयको प्रतिक्रिया

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, ४ चैत २०७८
    १४०३ पटक
    shashi shreshtha मध्यपुर थिमि, ४ चैत २०७८

    भक्तपुरको गाउँब्लकमा रहेका भूमिहीनलाई पनि जग्गाधनीको लालपूर्जा वितरण गरिएको छ । देशभरका गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसकेको सरकारले शुक्रवार भक्तपुरमा पनि लालपूर्जा वितरण शुरु गरेको हो ।

    भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर थिमि नगरपालिका स्थित गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई एक कार्यक्रमका बीच जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी हुन् । नापी कार्यालय भक्तपुरद्वारा आयोजित लालपूर्जा वितरण कार्यक्रममा शुक्रवार मध्यपुर थिमिका ४ सय ५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ ।

    मध्यपुर थिमि नगरपालिका वडा नंम्बर ६ र ७ तथा साविकको वडा नं. ६ र ८ को गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई लालपूर्जा वितरण गरिएको हो । वर्षौँदेखि भोगचलन गर्दै आएता पनि लालपूर्जा नपाउदा समस्यामा परेका स्थानीयवासीहरु मन्त्री श्रेष्ठ आफै आएर लालपूर्जा वितरण गरेपछि रमाएका थिए । आफूहरुले अनेक प्रयास गर्दा पनि वर्षौँदेखि लालपूर्जा नपाएको भन्दै अधिकांशले अझैपनि लालपूर्जा पाएको सपना जस्तै लागिरहेको प्रतिक्रिया दिएका छन् ।

    उक्त अवसरमा नेकपा(माओवादी केन्द्र)को केन्द्रीय सदस्य समेत रहेकी मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको जानकारी दिइन्। जनताको काम गर्न इच्छाशक्ति भए पुग्ने भन्दै उनले बजेट तथा कार्यक्रम र जनशक्ति अभावका बाबजुद आफ्नो निर्देशन पालना गर्दै देशभर लालपूर्जा वितरण गर्न सहयोग गरेकोमा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिन् । कर्मचारीले काम गर्दैनन् भन्ने आम धारणा हटाउन यसले मद्दत गर्ने उनको भनाइ छ । आफू सेवाग्राही भएर सोच्न र पदमा नहुँदाको अवस्था कल्पना गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको स्मरण गर्दै मन्त्री श्रेष्ठले आफ्नो लक्षअनुरुप कर्मचारीले काम गरेकोप्रति सन्तोष व्यक्त गरिन् ।

    वर्तमान सरकारले संविधानमा भएको नागरिकको भूमि सम्बन्धी हक कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै मन्त्री श्रेष्ठले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई समेत इमान्दार भएर लाग्न आग्रह गरेकी छन् । मध्यपुर थिमिको स्थानीय सरकारले गर्नुपर्ने काम संघीय सरकारले गर्दा पनि सहयोग नमिलेको उनको गुनासो छ । मन्त्री श्रेष्ठले जनताको काम नगर्ने र काममा असयोग गर्ने जनप्रतिनिधिहरु चिनेर चुनावमा सबक सिकाउन समेत स्थानीयलाई सुझाव दिएकी थिइन् । मन्त्री श्रेष्ठले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको र त्यसमा सबैको साथ् र सहयोगको आवश्यकता औल्याइन् ।

    मध्यपुर थिमि नगरपालिका कार्यालयको नाकैमुनी बौद्ध बिहारमा भएको यो महत्वपूर्ण कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ भने अनुपस्थित रहेका थिए । कार्यक्रममा नगर उपप्रमुख अन्जनादेवी मधिकर्मीले भने सक्रिय सहभागिता जनाएकी थिइन् । उनले सरकारले वर्षौदेखिको भूमिहीनको समस्या समाधान गरिदिएको प्रति आभार प्रकट गरिन ।

    कार्यक्रममा स्थानीय समेत रहेका बागमती प्रदेश सभाकी सदस्य प्रतिमा श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म त्यसैगरी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतले भक्तपुर जिल्लालाई प्राथमिकता दिएर मध्यपुर थिमिस्थित गाउँब्लकमा रहेका भूमिहीनलाई लालपूर्जा वितरण गरेकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका थिए । वक्ताहरुले जिल्लाका अन्य गाउँब्लकमा समेत शिघ्र लालपूर्जा वितरण हुने विश्वास व्यक्त गरे ।

    के हो गाउँब्लकमा लालपूर्जा वितरण
    २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई गाउँब्लक भूमिहीनको रुपमा लिइन्छ । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला नापी कार्यालयका कर्मचारीले विविध कारणले व्यक्तिको जग्गा छुट्याउन नसक्दा गाउँ ब्लकका नाममा सिङ्गो गाउँको एउटै कित्ता बनाएर जग्गा नापी गरेका थिए ।

    गाउँब्लकका भूमिहीनले लालपुुर्जा नपाउदा आफ्नै भूमिसम्बन्धी अधिकारबाट बन्चित हुन बाध्य बन्दै आएका थिए । मन्त्री श्रेष्ठले कार्यकाल सम्हालेपछि भने गाउँब्लकमा रहेका भूमिहीनलाई लालपूर्जा वितरण प्राथमिकतामा परेको हो ।

    मन्त्री श्रेष्ठले यसलाई मन्त्रालयको पहिलो प्राथमिकता (पी१) मा राखेर काम शुरु गरेकी उनकी प्रेस संयोजक तुलसी सापकोटाले बताइन् । मन्त्री श्रेष्ठले हालसम्म देशभरका गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिसकेकी छन् । उनले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छन् भने लालपूर्जा वितरणलाई अभियानकै रुपमा तिब्र पारिएको बताइएको छ ।

    भक्तपुरमा पनि गाउँब्लक जनिएका सबै भूमिहीनलाई लालपूर्जा वितरण हुने नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले जानकारी दिएका छन् । लालपूर्जा पाउन छुटेका घरपरिवारलाई निवेदन दिन समेत उनले आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...