News Portal

  • भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ चैत २०७८
    ९१३ पटक
    भक्तपुर, ४ चैत २०७८

    भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा भएको हो ।

    शुक्रवार साँझ शुरु भएको पदयात्रा भक्तपुर नपा वडा नं. १० कमलविनायकको बारे पुखु, नवदुर्गा द्यो छेँ, चोफल, सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, तालाक्व, इछु, लायकू (दरबार क्षेत्र), खौमा, इन्द्रायणी हुँदै भक्तपुरको व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्रमा पुगी सभामा परिणत भएको थियो ।

    पदयात्राको क्रममा धाँ बाजा, माक प्याखं र पछिमा बाजाको टोली रहेको थियो भने भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर नपा र पर्यटक सूचना केन्द्रका कर्मचारीहरु, पर्यटक प्रहरी, पथ प्रदर्शक, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

    यसैबीच भक्तपुरको व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्रको उद्घाटन समेत सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित भक्तपुर नगरपालिकाको भवनसँगै रहेको पर्यटक सूचना तथा सेवा केन्द्रको शुक्रबार साँझ उद्घाटन गरेका हुन् । सोही क्रममा अध्यक्ष बिजुक्छेँले सूचना केन्द्रको भवनमा राखिएको डिजिटल बोर्ड र नपाको समेत वेभसाइट शुभारम्भ गरेका छन् ।

    उक्त अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुरको मौलिकता कायम गर्नुपर्नेमा जोड दिंदै राम्रो र असल व्यवहारले पनि पर्यटकहरुमा सकारात्मक प्रभाव पार्ने बताए । पर्यटन प्रवर्द्धनमा भक्तपुरको सरसफाईमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले संतुष्ट पर्यटकहरुले आफै देश—विदेशमा पुगी भक्तपुरको प्रचारप्रसार गर्ने हुँदा पर्यटकहरुलाई राम्रो सेवा दिन सुझाव दिए ।

    कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक र पर्यटकीय हिसाबले भक्तपुर महत्वपूर्ण नगर भएको भन्दै यहाँको मौलिक शैली र प्रविधिलाई जोगाइराख्ने विविध गतिविधिलाई चालु राख्दै आएको जानकारी गराए ।
    विश्व सम्पदामा सूचीकृत यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई पहिलो प्राथमिकतामा राखी २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त अधिकांश सबै सम्पदाहरुको जीर्णोद्धार तथा पुनःनिर्माण समेत सम्पन्न गरिसकेको उको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...