News Portal

  • रानाको नेतृत्वमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको भक्तपुर जिल्ला समिति निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ चैत २०७८
    ९९१ पटक
    भक्तपुर, ५ चैत २०७८

    नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको भक्तपुर जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिवार राधेराधेमा सम्पन्न पाचौं अधिवेशनबाट मोहन रानाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

    सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको संगठनका भक्तपुर इन्चार्ज कुबेरप्रसाद दाहालले जानकारी दिए । दाहालले जनाए अनुसार बरिष्ठ उपाध्यक्षमा लाल बहादुर गुरुङ र उपाध्यक्षमा राेशनी बुढाथोकी चयन भएका छन् । त्यसैगरी सचिवमा शंकर कुमार थापा,सह सचिव रामजि नेपाल र कोषाध्यक्षमा पदम पाण्डे निर्वाचित भएका बताइएको छ ।

    कार्यसमितिका सदस्यहरुमा भने महेश बास्तोला, छितेन भाेटे, कृष्ण आचार्य, प्रचण्ड घिमिरे, निराेज पाैडेल, निर्मल रावल, भुवनराज अाेझा, गणेश शाही, गुणानन्द जाेशी, रुपक ढकाल र टीका राउत निर्वाचित भएका छन् ।

    अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्म, अर्का केन्द्रीय सदस्य डिपी ढकाल,प्रदेश सदस्य सुरेश न्यौपाने, भक्तपुर जिल्ला संयोजक सुनिल गोठे बासु, नेराकस निजामतीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अम्बादत्त भट्ट, केन्द्रीय उपाध्यक्ष शेर बहादुर कार्की, उपमहासचिव सुरेश चपाई, सचिव जगत उपाध्याय, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव एवं प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष संजीप घिमिरे शुभचिन्तक लगायतले क्रान्तिकारी कर्मचारीहरु रोल मोडल हुनुपर्नेमा जोड दिए ।

    वक्ताहरुले ब्युरोक्रेसी स्थायी सरकार भएकोले देश र जनताको पक्षमा जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बिचार व्यक्त गरे । देशमा शासन व्यवस्था परिवर्तन मात्र नभई कर्मचारी प्रशासनमा समावेशी र समानुपातिक प्रणाली पनि माओवादी केन्द्रकै कारण आएकोप्रति गर्व गर्दै संगठन बिस्तार गर्नुपर्ने उनीहरुले बताएका थिए । उद्घाटन सत्र छत्र बहादुर देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने त्यसको लगत्तै बसेको बन्द सत्रले १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

    नेराकस निजामतीको बन्द सत्रले भक्तपुर जिल्ला ईन्चार्जमा फेरिपनि कुबेरप्रसाद दाहाललाई चयन गरेको छ भने सह ईन्चार्जमा विनिता पाण्डे परेकी छन् । त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा क्रमस: कुबेर प्रसाद दाहाल, छत्र बहादुर देवकोटा र शंकर कुमार थापा छनौट भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...