News Portal

  • बादरको हातमा पर्दा व्यवस्था नै बद्नाम बन्यो : गुरुङ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ चैत २०७८
    ६११ पटक
    भक्तपुर, ५ चैत २०७८

    नेकपा(माओवादी केन्द्र)का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीयता बिरोधीहरुले नै संघीय व्यवस्थामा हालीमुहाली गरिरहेकाले व्यवस्था बद्नाम बनिरहेको बताएका छन् । जनसरकारको अवधारणा अनुसार स्थानीय सरकार बनाइएको बताउदै उनले संसदवादी पुराना दलहरुले यसलाई पुरानै लयमा लैजान खोजेको र भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए ।

    शनिवार पार्टीको सहायक संगठन वाईसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समिति घोषणा एवं प्रशिक्षण कार्यक्रमलाई सूर्यविनायकमा सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले भने, ”बादरको हातमा पर्दा व्यवस्था नै बद्नाम बन्यो ।”जसको नीति उसैको नेतृत्व हुनुपर्नेमा जोड दिंदै उनले आफ्नो पार्टीले मात्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाएर सुशासन र समृद्धि हासिल गर्न सक्ने दावी गरे ।

    त्यसैगरी प्रमुख सचेतक गुरुङले देश यतिबेला इतिहासकै कठिन मोडमा रहेको पनि बताएका छन् । सुगौली सन्धी पछि यतिधेरै संकट नेपाली राजनीतिमा कहिल्यै नदेखिएको उनको भनाइ छ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नु बाध्यता बनेको बताउदै यसले देशलाई इतिहासकै कठिन मोडमा ल्याइपुर्याएको उनले जानकारी गराए ।

    संसदले व्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै सांसद एवं सचेतक गुरुङले यो उच्च सावधानीपूर्वक गरिएको माओवादी प्रयास भएको प्रष्ट पारे । यद्यपी, नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत राख्न अझैपनि प्रयास भैरहेको खुलासा गर्दै उनले यदि त्यसलाई रोक्न नसके देश युक्रेन र सिरिया बन्ने खतरा रहेको बताए ।

    नेपाल जीवन र मरणको स्थितिबाट गुज्रिरहेको जिकिर गर्दै उनले आगामी निर्वाचनमा दलहरुको हैसियतपछि त्यसको दृश्य देख्न सकिने प्रष्ट पारे । साम्राज्यवादीका दलाल र कठपुतलीहरु आगामी निर्वाचनमा बिजय भए देश नै नरहने अवस्था आउन सक्ने उनले आशंका व्यक्त गर्दै आगामी निर्वाचनमा देशभक्त र क्रान्तिकारीहरुलाई हार्ने छुट नभएको तर्क गरे ।

    चुनावी परिणाम अनुसार माओवादी केन्द्रको संसदमा थोरै संख्या हुँदा एमसीसी रोक्न नसकिएको दावी गर्दै उनले ठुला दलहरु हुबहु एमसीसी पास गर्ने पक्षमा हुँदाहुँदै आफूहरुको जोडबलले व्याख्यात्मक टिप्पणी गर्न सकिएको जिकिर गरे । वर्तमान अवस्थामा एमसीसीको सम्भावित लक्षमा ब्रेक लगाउदै राष्ट्रहित अनुरुप व्याख्यात्मक टिप्पणी गरी एमसीसी अघि बढाउने निर्णय भएको र माओवादी केन्द्रको प्रयासले मात्र त्यो सम्भव भएको उनको भनाइ छ । उनले यसलाई आंसिक सफलताको रुपमा लिनुपर्ने उनले धरणा ब्यक्त गरे । आफ्नो पार्टी निर्वाचन बाट बलियो बनेर आएमा मात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुने उनको जिकिर छ । ”एमसीसीबाट सेना छिराउने अमेरिकी योजना हामीले रोकेका छौं तर हामी कमजोर भए उनीहरुलाई सेना भित्राउन बाट कसैले रोक्न सक्ने छैन ।”उनले भने ।

    उक्त अवसरमा नेता गुरुङले ३ दर्जन बढी युवाहरुलाई पार्टी प्रवेश समेत गराएका वाइसिएल भक्तपुरले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु दिलिप प्रजापति भिष्म, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ त्यसैगरी वाइसिएलका नेता एवं पार्टीका केन्द्रीय सदस्यहरु रामप्रसाद सापकोटा दीपशिखा,सुबोध श्रीपाइली लगायतले समसामयिक राजनीति र युवाहरुको भूमिका माथि प्रकाश पारेका थिए ।

    कार्यक्रमममा पार्टीका प्रदेश सदस्यहरु सुरेश न्यौपाने,रामशरण दाहाल,युवराज आचार्य,दिनेश थपलिया आक्रोश, जिल्ला संयोजक सुनिल गोठे बासु लगायतका नेताहरु र वाइसिएल नेताहरु उपस्थित रहेका थिए । वाइसिएल जिल्ला अध्यक्ष नरेश रंजितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सरराज उप्रेतीले गरेका थिए ।

    उक्त अवसरमा वाइसिएल भक्तपुरको २५ सदस्यीय जिल्ला समन्वय समिति समेत घोषणा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...