News Portal

  • वीर अस्पतालले दुवाकोटमा नयाँ वर्षदेखि सेवा शुरु गर्ने मन्त्रीको घोषणा

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, ८ चैत २०७८
    १०९५ पटक
    चाँगुनारायण, ८ चैत २०७८

    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको नमूना अस्पताल नबनेसम्म ल्याब र एक्सरे सेवा शुरु गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा बनाउने भनेको आधुनिक नमुना अस्पताल बन्ने ग्यारेन्टी नभएपनि मन्त्री खतिवडाले दुवाकोटमा ल्याब र एक्सरे सेवा तुरुन्त शुरु गर्ने घोषणा गरेका हुन् ।

    मंगलवार मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजना अनुगमन र स्थानीयसंग अन्तरक्रिया कार्यक्रममा सो घोषणा गरेका उनका प्रेस सल्लाहकार सन्तराम बिडारीले बताए । छलफल पछि मन्त्री खतिवडाले आगामी २०७९ बैशाख १ गतेबाट स्थानीयको माग बमोजिम सो सुविधा सञ्चालनमा ल्याउने घोषणा गरेका बताइएको छ ।

    उक्त अवसरमा वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफूहरु सेवा दिन तत्पर रहेको बताए । बैशाख १ गतेबाट दुवाकोटमा ल्याब, एक्सरे सेवा सुरु गर्दै त्यो ठाउँमा पायक पर्नेलाई सेवा दिइने उनको भनाइ छ ।

    अनुगमनका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासंग स्वास्थ्य मन्त्रालयमा सचिव द्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाँइ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति देवनारायण साह, मन्त्रालयका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रवक्ता डा. संगिता मिश्रा लगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको टोली पुगेको थियो ।

    उक्त टोलीलाई जिसस प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, भक्तपुर सिडिओ रुद्रादेवी शर्मा लगायतले स्वागत गरेका थिए ।

    न्याम्स र वीर अस्पतालको मात्र नभई यो दुवाकोट परियोजना राष्ट्रिय गौरवको आयोजना हो । वीर अस्पतालको सेवा विस्तार गरी दुवाकोटमा अन्तराष्ट्रिय स्तरको १ हजार ५ सय शैय्यासहितको अत्याधुनिक अस्पताल बनाउने सरकारले छ वर्ष अघि निर्णय गरेको थियो । कुल ५० अर्व लागतमा निर्माण गरिने सो अस्पतालका लागि चीन सरकारले सहयोग गर्ने भनिएपनि परियोजना प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । सरकारले परियोजनाका लागि दुवाकोटमा ५ सय ७० रोपनी जग्गा उपलब्ध गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...