News Portal

  • बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक,प्रतिफल योग्य परियोजना छान्न मन्त्री शर्माको सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ चैत
    ६७८ पटक
    janardan sharmaभक्तपुर, १३ चैत

    लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट र उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार बिहान समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    कार्यक्रममा उपस्थित लगानी बोर्डको उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक भएको भन्दै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिएका छन् । उनले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संचरना, ऐन, कानून, काम गर्ने व्यवहार लगायतमा शंशोधन गर्नुपर्ने आवश्यकता समेत औल्याएका मन्त्रालयका प्रेस विज्ञ अजित अधिकारीले जानकारी गराए ।

    ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको जिकिर गर्दै मन्त्री शर्माले जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्नेमा जोड दिए ।‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निस्काशन (आइपिओ) ग¥यो भने माग भन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’ उनले भने, ‘त्यसैले स्वदेशबाटै पुँजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।’

    उनले जलविद्युत परियोजनामा स्वदेशी तथा बिदेशी लगानी आउनुको कारण प्रतिफलको ग्यारेन्टी नै प्रमुख भएको बताउँदै अन्य परियोजनामा पनि प्रतिफलको सुनिश्चितता दिनसके लगानीका लागि खासै समस्या भोग्नु नपर्ने दावी गरे । आफैं ऋण तिर्न सक्षम परियोजना छनौट गरियो भने त्यो ऋण परियोजनाले नै तिर्ने र यस्ता परियोजना छनौटमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    उक्त अवसरमा उनले सरकार–निजी क्षेत्र साझेदारीलाई थप सुदृढ बनाउन आवश्यक सुझाव दिन पनि निजी क्षेत्रलाई आग्रह गरेका छन् । लगानीको बाताबरण बढाई ‘डुईङ बिजनेस’ मा थप सुधार गर्नुपर्ने उनले बिचार व्यक्त गरे । लगानीकर्तालाई छिटो र छरितो ढङले सहजीकरण गर्न बोर्डलाई निर्देशन दिदै उनले भने, ‘हामीले लगानी भित्र्याउँदा अब विकसित देशको प्रविधि पनि ल्याउनतर्फ ध्यान दिनुपर्छ । प्रविधि ल्याइयो भने हाम्रो निजी क्षेत्र बलियो हुन्छ ।”

    कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले ३ खर्बको परियोजना निर्माण प्रकृयामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी दिए । उनले बुझाइृमा एकरुपता र सोचमा स्पष्टता कायम गराएर लगानीकर्तासँग सहकार्य गर्ने प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक भएको बताए । बिदेशी लगानी भित्र्याउन यो समझदारी पत्रले थप सहज हुने गोल्छाले विश्वास व्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...