News Portal

  • ढिस्को खसेर दुई जनाको ज्यान गएपछि ताथली तनावग्रस्त

    मदन ढुंगाना / भक्तपुर पोस्ट चाँगुनारायण, १८ चैत २०७८
    २११४ पटक
    tathaliचाँगुनारायण, १८ चैत २०७८

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ स्थित ताथली छापमा एक जग्गा प्लटिङको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ । शुक्रवार साँझ प्लटिङमा पर्खाल लगाउनेक्रममा ढिस्को खस्दा दुई मजदुरको घटनास्थलमै ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा काभ्रेकाे राेसी गाउँपालिकाका वडा नम्बर ६ का ३४ वर्षीय चतुरसिङ लामा र चाैरी देउराली गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय वर्षमान तामाङ रहेका बताइएको छ । महानगरीय प्रहरी प्रभाग सुडालले सुख्खा पहिरोमा परी २ मजदुरको ज्यान गएको जनाएको छ । प्रहरीले मृतकको नाम र ठेगाना पुष्टि गरिसकेको भने छैन ।

    सोही दुर्घटनामा परी ज्यान जोगाउन सफल अर्का मजदुर गजबसिंह लामाले जनाए अनुसार पर्खाल लगाउन बेस खन्नेक्रममा सुख्खा पहिरो गई उनीहरुलाई ढिस्कोले पुरेको थियो । उनी त जसोतसो बाचे तर उनले संगै काम गरिरहेका ज्वाई र मामालाई भने बचाउन सकेनन ।

    लामाले दुर्घटनाको दोष प्लटिङको साहुनीलाई दिएका छन् । खनेको गहिरो भएन भनेर साहुनीले पैसा नदिने धम्की दिंदै पर्खाल भत्काइदिएपछि शुक्रवार गहिरोगरी खन्ने क्रममा ढिस्को खसेको उनको आरोप छ । काम गरी दुई पैसा होला भनी आएका मजदुर लास बनिसक्दा पनि साहुनी भने फरार भएपछि उनी आक्रोशित बनेका छन् ।

    दुर्घटनापछि दुईजनाको घटनास्थलमै ज्यान जाँदा स्थानीय समेत भावुक बनेका छन् । पीडित पारिवारले दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको मागसहित आन्दोलन गरिरहेका छन् भने उनीहरुले लास उठाउन समेत दिएका छैनन् । उनीहरुको आन्दोलनलाई स्थानीयले साथ् दिइरहेका छन् ।

    प्लटिङ गर्ने व्यवसायी चम्पा कुस्मा भने सम्पर्कमा आएकी छैनन् । उनले ताथली छापमा करिब २२ रोपनी जग्गामा प्लटिङ गरेकी छन् । उनी प्रहरीको उच्च अधिकारीकी परिवार भएकी र दुर्घटनामा आफ्नो दोष इन्कार गरिरहेकी भक्तपुर पोस्ट श्रोतले जनाएको छ । स्थानीय भने मजदुरको रगतको मूल्य उनले चुकाउनुपर्ने अडानमा यथावत रहँदा घटनास्थलमा ब्यापक प्रहरी परिचालन गरिएको छ । सो क्षेत्र साँझदेखि नै तनावग्रस्त बनेको छ। ताथलीमा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रको घर रहेको छ । ताथलीको सो प्लटिङ अबैध रहेको जिकिर गर्दै स्थानीयले भने त्यसलाई नरोकेको भन्दै मेयर मिश्र प्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...