News Portal

  • मदरल्याण्डका अभिभावकलाई बालमैत्री बन्न अभिमुखिकरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ चैत २०७८
    ९६८ पटक
    भक्तपुर, १९ चैत २०७८

    भक्तपुरको सुर्यविनायक- ९ भातेढिकुरस्थित मदरल्याण्ड स्कूलले आफ्ना अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले शिक्षा क्षेत्रमा सोचे जस्तो रिजल्ट निकाल्न ठूलो मेहनत गर्नुपर्ने आवश्यकता औल्याए । पछिल्लो समय कोभिडका कारण शैक्षिक क्षेत्र मारमा परेको प्रष्ट पार्दै उनले अब शैक्षिक क्षेत्रमा नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए । उनले तीनै तहका सरकारले ऐन नियम र कानुनको पालना गरी शिक्षालाई ब्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा वडा नम्बर ८ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक किरण थापाले विद्यालयको जिम्मेवारी स्थानीय तहमा आए संगै शिक्षा क्षेत्रमा सूर्यविनायक नगरपालिकामा उल्लेख्य प्रगति भएको दावी गरे ।

    कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष समेत रहेका मदरल्याण्ड स्कूलका संस्थापक प्रिन्सिपल संजय खड्काले अभिभावकले पढाईमा जोड दिएर मात्र नहुने भन्दै बालबालिका मैत्री ब्यवहार गर्न अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी गराए । स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्न र बालबालिकाको मनोभावना बुझेर ब्यवहार गर्न अभिमुखिकरण लाभदायक हुने उनले बिश्वास ब्यक्त गरे ।

    कार्यक्रममा प्रिन्सिपल खड्काले  ४ कोठा भाडामा लिएर खेल्ने सामग्री देखाउँदै किड्स तथा मन्टेश्वरी स्कुलको नाममा अत्यधिक शुल्क लिएर अभिभावकहरुलाई मार पारेको बताउदै यस तर्फ अभिभावक सचेत हुनु पर्ने सुझाव समेत दिए ।

    कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठ तथा प्रहरी निरीक्षक शशी शर्माले अभिभावकहरुले कसरी बालबालिकालाई लागू औषध दुव्र्यसनी, साइबर क्राइम लगायत अपराध बाट रोक्ने भन्ने बारे प्रस्तुतिकरण दिएका थिए ।

    उक्त अवसरमा मोटिभेशनल स्पिकर तथा लाइफ कोच डिआर पराजुली म्याग्नेट, फिनिक्स मण्टेश्वरीका रिता घिमिरे तिमिल्सिना लगायतले अभिमुखिकरणको औचित्य र महत्वमाथि प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा समपन्न कार्यक्रममा करिब ४ सय जनाले सक्रिय सहभागिता जनाएका आयोजकले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...