News Portal

  • सिडिओ शर्माको नेतृत्वमा मतदान केन्द्रहरुको निरीक्षण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ चैत २०७८
    १३८१ पटक
    bhaktapur electionभक्तपुर, २१ चैत २०७८

    स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गरेकी छन् । सिडिओ शर्माको नेतृत्वमा भक्तपुरस्थित सुरक्षा निकायका प्रमुखहरु सहित मतदान केन्द्रहरुको स्थलगत निरीक्षण गरिएको हो ।

    आइतबार सिडिओ शर्मा जिल्लाका प्रहरी प्रमुख र नेपाली सेनाका प्रतिनिधिसहित मतदान केन्द्रको अनुगमनमा पुग्दा स्थानीयलाई निर्वाचन नजिकिएको आभास मिलेको थियो । उक्त अवसरमा मतदान केन्द्रको स्थलगत अनुगमनका अतिरिक्त केन्द्रबारे स्थानीयको प्रतिक्रिया समेत लिइएको थियो । निरीक्षणमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नं.२२ गणका प्रमुख नरबहादुर रावत, नेपाली सेनाका प्रतिनिधि, जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण बहादुर कुँवर, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायतको सहभागिता रहेको थियो ।

    जिल्लाको दुर्गम मानिने मतदान केन्द्र मध्ये सूर्यविनायक नगरपालिका वडा नम्बर ८ र ९ का मतदान केन्द्र र स्थलको सोमबार निरीक्षण गरिएको सिडिओ शर्माले बताइन । नैचाल भञ्ज्याङस्थित सरस्वती आधारभुत विद्यालय, काँक्राबारीस्थित सरस्वती माध्यामिक विद्यालय त्यसैगरी नंखेलस्थित श्रीराम आधारभुत विद्यालय र पुरानो गाविस भवन भुवनेश्वरी माध्यमिक विद्यालयमा रहेका मतदान केन्द्र र स्थलको निरीक्षण गरिएको उनको भनाइ छ ।

    मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि अनुरुप कायम गरिएका मतदान स्थल र केन्द्रहरुको स्थलगत निरीक्षण गरी अध्यावधिक जानकारी लिइएको उनले बताइन । यसले निर्वाचन केन्द्रीत सुरक्षा रणनीति बनाउन सहयोग मिल्ने सिडिओ शर्माले जानकारी गराइन ।

    सिडिओ शर्माका अनुसार मतदान केन्द्रहरुको अवस्था सन्तोषजनक देखिएको छ । सबैको विश्वासिलो र बिगतमा निर्वाचन सम्पन्न भएका मतदान स्थललाई निरन्तरता दिइदा केहि मतदान केन्द्र अपाङ्गता र जेष्ठ नागरिक मैत्री नदेखिएका भएतापनि त्यसको लागि निर्वाचनमा स्वयंसेवक परिचालन गरी सेवा दिइने उनले दावी गरिन । जिल्लामा मतदान केन्द्र निर्धारण गर्न सिफारिस समितिको संयोजक सिडिओ रहने कानुनी व्यवस्था रहीआएको छ । सोही समितिको सिफारिसका आधारमा मतदान स्थल र केन्द्रहरु तोकिएका हुन् । यस समितिमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय अधिकारी सदस्य रहने व्यवस्था छ भने जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहन्छन ।

    भक्तपुरमा ७७ वटा मतदान स्थलमा २ सय १९ मतदान केन्द्र तोकिएका छन् । जसमध्ये भक्तपुर नगरपालिकाका १६ मतदानस्थलमा ६२ मतदान केन्द्र, चाँगुनारायणका २१ मतदानस्थलमा ५३ मतदान केन्द्र त्यसैगरी मध्यपुर थिमि नगरपालिकाका १७ मतदानस्थलमा ४६ मतदान केन्द्र र सूर्यविनायकका २३ मतदानस्थलमा ५८ मतदान केन्द्र रहेका निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ भने जिल्लास्थित प्रशासन कार्यालय र निर्वाचन कार्यालयलाई पनि चुनावको चटारो देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...