News Portal

  • केपी ओली र महेश बस्नेतलाई झट्का, बालकोटमै ३ दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ चैत २०७८
    ३७९२ पटक
    भक्तपुर, २२ चैत २०७८

    अरु पार्टीलाई किलोका ढक भनेर कटाक्ष गर्ने नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास स्थान बालकोटबाटै एमाले विरुद्ध बिद्रोह भएको छ । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका भक्तपुर जिल्ला सदस्यसहित ३ दर्जन युवाहरु एमालेबाट बिद्रोह गरी नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

    पार्टी अध्यक्ष ओली र राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका उक्त क्षेत्रका सांसद महेश बस्नेतलाई झड्का दिंदै सोमबार ३ दर्जन युवाहरुलाई माओवादी केन्द्रले पार्टी प्रवेश गराएको हो । युवा संघका भक्तपुर जिल्ला सदस्य अमृत सिलवालको नेतृत्वमा ३ दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका वाइसिलका जिल्ला संयोजक नरेश रन्जितले जानकारी दिए । उनले जनाए अनुसार एमालेका स्थानीय वडाध्यक्ष केशव खत्रीका छोरा अमृत खत्री पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    झण्डै दुई तिहाइ बहुमतको संसद बिघटन गरेको र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन एमालेले भूमिका खेलेको कारण पार्टी परित्याग गर्नुपरेको युवा नेता अमृत सिलवालले बताएका छन् । प्रमुख प्रतिपक्षी दल भएर पनि एमसीसीबारे समयमै आफ्नो धारणा सार्वजनिक नगरेको र माओवादी संग मिलेर विपक्षमा बोल्नुको साटो संसदमा उक्त सम्झौता पास गर्न एमालेले सहयोग गरेको प्रति युवाहरुले आक्रोश पोखे । नवप्रवेशीहरुले वर्तमान राजनीतिक व्यवस्था माओवादी केन्द्रले ल्याएकोले देशमा शासन गर्ने हक पनि उसैको भएको भन्दै देशलाई विकास र समृद्धि तर्फ माओवादी केन्द्रले मात्र लान सक्ने निष्कर्ष सहित पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।

    स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले अध्यक्ष ओली निवास बालकोटबाट ठूलो संख्यामा एमालेका सक्रिय युवाहरु भित्राउन पाउदा माओवादीहरु दंग देखिएका छन् । उनीहरुले यसलाई पार्टीप्रति युवाहरुको आकर्षण र बिश्वास बढ्दै गएको अर्थमा लिएका छन् । केहि दिन अघि मात्र ओलीले झापाबाट ४ वटा बसमा ओसारिएका मानिसहरु सूर्यविनायकमा पार्टी प्रवेश गराएका थिए । तर, उनकै निवास स्थानका सक्रिय एमाले युवाहरु माओवादी केन्द्रमा प्रवेश गर्नुले देशव्यापी रुपमा माओवादी केन्द्रमा जनलहर देखिएको माओवादी केन्द्रका भक्तपुर संयोजक सुनिल गोठे बासुले बताए ।

    नवप्रवेशी युवाहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय दिलिप प्रजापति भिष्म,डिपी ढकाल, त्यसैगरी जिल्ला संयोजक सुनिल गोठे बासु, सचिव जीवन तज,प्रदेश सदस्य दिनेश थपलिया आक्रोश लगायतले पार्टीमा स्वागत गरेका वाइसिएल अध्यक्ष एवं पार्टीका जिल्ला समन्वय समिति सदस्य नरेश रन्जितले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...