News Portal

  • भक्तपुरमा पनि सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : यस्ता छन् निर्णय

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २२ चैत २०७८
    २५७१ पटक
    भक्तपुर, २२ चैत २०७८

    सरकारमा साझेदार रहेका दलहरुले भक्तपुरमा जिल्ला स्तरीय कार्यदल गठन गर्ने भएका छन् । गठबन्धनमा सहभागी दलहरुको मंगलवार सम्पन्न भक्तपुर जिल्लास्तरीय पहिलो औपचारिक बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको संयोजकत्वमा मंगलवार सम्पन्न पहिलो औपचारिक बैठकले केन्द्रको निर्देशन अनुसार भक्तपुरमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने सहमति गरेको नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पुष्टि गरे । केन्द्रीय निर्देशनको भक्तपुरमा पालना हुने र सानो ठूलो जस्तो हैसियत भएपनि सम्मानजनक व्यवहार हुने उनको भनाइ छ । सोका लागि जिल्ला पार्टी प्रमुख सहित प्रत्येक पार्टीबाट २ जना प्रतिनिधि रहने एक कार्यदल गठन गर्ने निर्णय गरिएको सभापति थापाले जानकारी दिए ।

    बैठकमा सबै नगर संयन्त्रको बैठक बसी दलीय अवस्थाको बस्तुगत स्थिति विश्लेषण सहित रिपोर्ट गर्न निर्देशन दिने समेत निर्णय गरिएको नेकपा(माओवादी केन्द्र) भक्तपुरका संयोजक सुनिल गोठे बासुले बताए । संयोजक बासुले बताए अनुसार नगर संयन्त्रलाई सो रिपोर्ट पठाउन भोलि बुधवार सम्मको समयसीमा दिइएको छ । वर्तमान गठबन्धन कुनै दल विशेषको विरुद्धमा नभएको भन्दै संयोजक बासुले यो संविधान र लोकतन्त्रको पक्षमा रहने लोकतान्त्रिक गठबन्धन भएको समेत प्रष्ट पारेका छन् । वर्तमान गठबन्धनका कारण देशमा संविधान र लोकतन्त्रको रक्षा भएको संयोजक बासुले बताए । सोहीकारण भक्तपुरमा गठबन्धनका दलहरु चुनावी मोर्चामा पनि एकढिक्का भएका उनको भनाइ छ ।

    बुधवार नगर संयन्त्रले यथार्थ अवस्था पठाएपछि बस्ने कार्यदल बैठकमा दलहरुबीच चुनावमा कसरी तालमेल गरी अघि बढ्ने बारे बहस हुने संयोजक बासुले बताए । नगर संयन्त्रले यथार्थ अवस्था पठाएपछि कुन पार्टीले उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने उनले जनाएका छन् ।

    बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति दुर्लभ थापा,सचिव सुशील बस्नेत,सुरेन्द्र केसी र निशान ढुंगेल सहभागी भएका थिए भने माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ र डिपी ढकाल सहित जिल्ला संयोजक सुनिल बासु र सचिव जीवन तजको सहभागिता रहेको थियो । त्यसैगरी एकीकृत समाजबादीका अध्यक्ष श्यामसुन्दर बस्नेत, ध्रुबराज बिष्ट र पुरुषोत्तम लामिछाने तथा जसपाका नेताहरु श्याम सिल्पकर छिन्तु लामा,कृष्ण घजू र विरेन्द्र प्रधान सहभागी भएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...