News Portal

  • नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ चैत २०७८
    ४२८७ पटक
    bhaktapurpoliceभक्तपुर, २३ चैत २०७८

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् ।

    ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३ तल्ले घरमा संचालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा (कौडा) खेलाई रहेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरीले राति छापा मारेको बताइएको छ ।

    जुवा खेल्ने १३ जना मानिसहरू बाट नगद ८ लाख २२ हजार ६० रुपियाँ र १६ थान कौडा बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...