News Portal

  • चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत २०७८
    १८५६ पटक
    lilamaniभक्तपुर, २४ चैत २०७८

    चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति गठन गरिएको हो ।

    नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलको प्रमुख आतिथ्यतामा बिहीवार सम्पन्न सभाले स्थानीय अगुवा राम कुमार तामाङ्ग संयोजक र नीरबहादुर तामाङ्ग सहसंयोजक रहने गरी एक समिति गठन गरेको पार्टीका चाँगुनारायण अध्यक्ष नरेश खड्काले जानकारी दिए । चाँगुनारायणका स्ववासीले बर्षौदेखि भोगिरहेको भूमिसम्बन्धी समस्या समाधान गरी भूमिसम्बन्धी अधिकार प्रदान गर्न संघर्ष गर्ने उदेश्यले समिति बनाइएको उनले बताए । समिति गठन संगै चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल शुरु भएको उनको भनाइ छ ।

    चाँगुनारायणको ४ नम्बर वडामा करिब ८ सय ५० रोपनी जग्गा कान्छी महारानीको नाममा रहेको छ भने स्थानीय जनताले त्यसको भोगचलन गर्दै आएका छन् । आधा शताब्दी बितिसक्दा पनि उनीहरुले भूमिको भोग चलन गर्न पाएपनि लालपूर्जा पाउन सकेका छैनन् । लालपूर्जा नपाउदा बेचबिखन र बैंकमा धितो राख्न समस्या रहेको छ । सोझासिधा जनता साहुकोमा  राखी चर्को ब्याजमा ऋण लिन बाध्य छन् भने जाली फटाहहरुको चंगुलमा परी कतिपय बेघर समेत बनेका छन् ।

    उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेता लिलामणी पोखरेलले भक्तपुरको चाँगुनारायणस्थित जनताको जमिन कान्छी महारानीको नाममा दर्ता देखिनु तत्कालिन राज्यव्यवस्थाको दोष भएको दावी गरे । आफ्नो पार्टीले राजतन्त्र ढालेपनी कान्छी महारानीको जग्गा अझै भोगचलन गर्ने जनताले नपाउनु दुखद पक्ष भएको उनको भनाइ छ । कान्छी महारानीका कोहीपनि हकदारले हकदावी नगर्दा पनि जनताको जग्गा जनतालाई नदिनु न्याय संगत नभएको तर्क गर्दै नेता पोखरेलले वर्तमान सरकारले जनताको भूमि सम्बन्धी अधिकार दिलाउन कुनै कसर बाँकी नराख्ने समेत आश्वासन दिए ।

    आफ्नो पार्टीको नेतृत्वमा रहेको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले वर्षौदेखि समस्याको रुपमा रहेको गाउब्लकका भूमिहीनलाई लालपूर्जा वितरण गरिरहेको उदाहरण पेश गर्दै उनले आफ्नो पार्टी बोल्ने भन्दा काम गर्ने पार्टी भएको जिकिर गरे । देशभर २० हजार भूमिहीनलाई लालपूर्जा बाढिसकेको प्रशंग उल्लेख गर्दै\ पोखरेलले इच्छा शक्ति भए जनताको काम गर्न बाट कसैले रोक्न नसक्ने प्रष्ट पारे ।

    उनले उपत्यकाका जग्गामा दलाल र माफियाहरुको जगजगी रहेको भन्दै कान्छी महारानीको जग्गा दिलाइदिञ्छु भन्नेलाई एकपैसा पनि नदिन सावधान समेत गराए । मन्त्रालयले जनताको भूमि सम्बन्धी समस्या समाधानलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेकोले न्याय नपाएका जनतालाई वर्तमान सरकारले अवश्य पनि न्याय दिने उनको दावी छ ।” चुनाव आएकाले भन्यो नभन्नुहोला तर स्ववासीका समस्या समाधान गर्न पहल भैरहेको छ । सरकारले अवस्य गर्छ, माफियालाई एक पैसा दिनु पर्दैन ।”उनले भने । नेता पोखरेल वर्तमान भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठका श्रीमान् हुन् ।

    उक्त अवसरमा नेकपा माओवादी केन्द्रको भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म,सह इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, निवर्तमान संयोजक डिपी ढकाल, जिल्ला संयोजक सुनिल बासु लगायतले माओवादी केन्द्र कमजोर हुँदा जनताका समस्या समाधान नहुने बताए । उनीहरुले आफ्नो पार्टी जनताको अधिकारका लागि जनयुद्धमा रगत बगाएर आएको उल्लेख गर्दै जनताको भूमि सम्बन्धी अधिकारका लागि अग्र मोर्चामा रहेर लड्ने प्रतिवद्धता प्रकट गरेका थिए । भक्तपुरमा आफूहरु कुनैपनि तहको सत्तामा नपुग्दा पनि मध्यपुर थिमिका भूमिहीनलाई लालपूर्जा बाढ्न सफल भएको भन्दै नेताहरुले निर्वाचनमा जनताले आफ्नो पार्टी कुन हो भन्ने चिन्नुपर्ने आवश्यकता समेत औल्याए ।

     

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...