News Portal

  • सय किलो भन्ने ओलीलाई आधा किलो बनाउछौं : मन्त्री आले

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ चैत २०७८
    ५८२ पटक
    भक्तपुर, २५ चैत २०७८

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा(एमाले)लाई आधा किलोको बनाइदिने बताएका छन् । एमालेलाई सय किलोको ढक भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै मन्त्री आलेले निर्वाचनपछि एमाले आधा किलोको सावित हुने बताएका हुन् ।

    बिहीवार भनपा १ सल्लाघारीस्थित १०८ रोपनीमा आयोजित छैठौं भक्तपुर औद्योगिक सास्कृतिक पर्यटन तथा ब्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री आलेले भने,” मलाइ बिस्वास छ, हामी सय किलो ठान्ने ओलीलाई आधा किलो बनाउन सक्छौं ।

    मन्त्री आलेले केपी ओली नेतृत्वको सरकारले कौडीको भाउँमा पशुपतिको धर्मशाला समेत बतास समूहलाई बेचेको आरोप लगाए । आफू मन्त्री हुनु अघि कमिसन खाँदै अबैधरुपले क्यासिलो संचालन गर्न दिएको पाइएको खुलासा गर्दै उनले कानुनी दायरामा आउन नखोज्ने आफूले बन्द गराएको बताए । त्यसैगरी क्यासिलो नियमन गरी १ अर्व बढी राजस्व असुली गरेको बताउदै उनले आफू कमिसन खान मन्त्री नभएको दावी गरे ।

    ”म जति समय बस्छु इमान्दार भएर देश र जनताको पक्षमा काम गर्छु, त्यसो गर्न सकिएन र आफूलाई चुकेको अनुभूति भयो भने म तत्कालै राजिनामा दिएर बाहिरिन्छु ।” उनले उद्घोष गरे । नेकपा(एकीकृत समाजवादी)का नेता समेत रहेका मन्त्री आलेले आफ्नो कारण पार्टी,देश र जनताको शिर झुक्न नदिने समेत जिकिर गरे ।

    उक्त अवसरमा बागमती प्रदेश सांसद डा राजेन्द्रमान श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकाल, नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा,नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष श्यामसुन्दर बस्नेत, माओवादी केन्द्रका संयोजक सुनिल बासु लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुका साथै वर्तमान गठबन्धन संविधान र लोकतन्त्र रक्षाको लागि बनेकाले जीत सुनिश्चित रहेको जिकिर गरेका थिए ।

    महोत्सव संयोजक दिपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भक्तपुर सिडिओ रुद्रादेवी शर्मा,एसपी शिव कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा छैठौं पटक भक्तपुर औधोगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला बिहीवारबाट शुरु भएको हो । यो बैशाख ४ गतेसम्म संचालन हुने आयोजक औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी गराए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...