News Portal

  • बौद्धिक युवामा चुनावी आकर्षण : ग्रामीण विकासमा स्नातकोत्तर गरेका ढुङ्गेलको वडाध्यक्षमा दावी

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ३० चैत २०७८
    १८९९ पटक
    भक्तपुर, ३० चैत २०७८

    स्थानीय तहको निर्वाचन आउँन अब ठिक एक महिना मात्र बाँकी छ । स्थानीय सरकार निर्माण गर्ने यो निर्वाचनमा यतिबेला सबैको चासो देखिन्छ । देश निर्वाचनमय बन्दै जाँदा सम्भावित उम्मेदवारहरु उत्साहित बन्दै गएका छन् भने पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा पनि तीब्र बनेको छ । मेयर उपमेयरमा मात्र होइन, वडाध्यक्ष र सदस्यमा समेत यो पटक पढेलेखेका र युवा जोशजागर सहितका नेताहरुको आकर्षण बढेको देखिन्छ ।

    यसैक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर पाँचमा युवा उम्मेदवार अशाेकराज ढुङ्गेलले नेकपा(एमाले) बाट उम्मेद्वारी दावी गरेका छन् । नेकपा एमालेकाे जिल्ला सदस्य समेत रहेका ढुंगेल विभिन्न सामाजिक संस्थामार्फत समाजसेवामा निरन्तर सक्रिय युवा नेता हुन् ।

    शिक्षित मानिस राजनीतिमा आउँदैनन् भन्ने मानिसहरुको राजनीति प्रतिको आरोपलाई गलत सावित गर्दै युवा नेता ढुङ्गेल निरन्तर राजनीति मार्फत समाजसेवामा जोडिएका बौद्धिक व्यक्तित्व हुन् । उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । त्यतिमात्र होइन, उनले अर्थशास्त्र र वाणिज्य शास्त्रमा समेत स्नातक गरेका छन् ।

    विद्यार्थी हुँदै देखि राजनीतिमा सक्रिय रहेका ढुङ्गेल राजनीतिलाई जीविकोपार्जन बनाउने नभई सेवा भावले समाज र रास्ट्रको हितमा लाग्नुपर्ने बताउछन् । समाजसेवालाई जीवन दर्शन ठान्ने उनी भौतिक विकासका मात्र पक्षपाती नभई समाजको समग्र विकास र रुपान्तरणकाे पक्षपोषक रहँदै आएका छन् ।

    एमालेको जनवर्गीय संगठन राष्ट्रिय खेलकुद महासंघकाे केन्द्रीय विभाग पदाधिकारी समेत रहीसकेका ढुंगेलमा वडाध्यक्ष भएर आफ्नो गाउँ र समाजको समग्र विकास गर्ने दह्रो इच्छाशक्ति देखिन्छ । तर, उनलाई आफ्नै पार्टीबाट टिकट पाउन र पाए पछि चुनाव जित्न पनि त्यति सहज भने छैन ।

    नेकपा एमालेकै नेता राजकुमार जोशी उक्त वडामा निर्वाचित वडा अध्यक्ष रहेका छन् । जोशीले नै पद दोहोर्याउन खोजेपछि ढुङ्गेलको दावीले टिकट मिल्ने सम्भावना जति जटिल बनेको छ त्यति नै वर्तमान सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्नु पनि गाह्रो हुनसक्छ । तर, वडाध्यक्ष दावेदार ढुंगेलले भने यो दुबै चुनौतीलाई अवसरको रुपमा बुझेका छन् । एमाले वडा कमिटीले जोशी र ढुङ्गेलसहित ३ जनाको नाम वडाध्यक्षका लागि नगर कमिटीमा पठाएको छ भने नगर कमिटीले त्यसलाई जस्ताको तस्तै माख्लो कमिटीमा निर्णयका लागि पेश गरेको छ । तर, ढुङ्गेल पार्टीले आफूलाई उम्मेदवार बनाउनेमा ढुक्क देखिएका छन् ।

    जोशीले दोहोर्याउन गरेको इच्छा माथिल्लो कमिटीले खारेज गरिदिने ढुङ्गेलले बिश्वास ब्यक्त गरेका छन् । ”एउटै कक्षा त असफल विद्यार्थीले पो दोहोर्याउछ ।” उनले तर्क गरे । वर्तमान वडाध्यक्ष जोशीले मेयर/उपमेयर दावी गर्नु साटो सोही पदमा आशक्ति देखाउन नहुने जिकिर गर्दै उनले उक्त तर्क गरेका हुन् ।

    त्यसैगरी आफूले प्रतिस्पर्धी उम्मेदवारलाई जित्ने आधार प्रस्तुत गर्दै भक्तपुर पोस्ट संग उनले भने,”म संग पाँच वर्षमा प्रत्येक वर्ष जनताको पक्षमा गर्ने कामहरुको योजनावद्ध कार्यक्रम छ । मैले रहर, आशक्ति वा पदलोभले होइन, काम गरेर देखाउन उम्मेद्वारी दावी गरेको हुँ ।”उनी उम्मेदवारी पाउनेमा बिश्वस्त बनेका छन् । तर, त्यो उनले सोचे जति सहज भने नभएको उनकै पार्टीका एक प्रभावशाली जिल्ला नेताले जानकारी दिए । एमालेबाट सूर्यविनायकमा वर्तमान नगरपालिका प्रमुख समेत रहेका नेता बासुदेव थापा र अर्का दावेदार किरण थापा बीच प्रमुख पदका लागि प्रतिस्पर्धा चलिरहेको छ । वडामा उनीहरुले रुचाएका मान्छे छानिने सम्भावना उत्तिकै छ भने उक्त क्षेत्रका सांंसद समेत रहेका पार्टीका पोलिट्ब्युरो सदस्य महेश बस्नेतको आशिर्वाद नपाइ वडाध्यक्षको उम्मेदवारी पाउन नसकिने श्रोतको दावी छ । यद्यपि, जिल्ला पार्टीले भने ब्यक्तिगत प्रभावमा नभइ जित्ने आधारमा आधारित भइ उम्मेदवारको टुंगो लगाइने जिकिर गरेको छ ।

    वडाध्यक्ष दावेदार युवा नेता अशोकराज ढुङ्गेलले आफूसंग भौतिक विकासको साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमार्फत वडालाई एउटा मोडलको रुपमा विकास गर्दै पर्याप्त रोजगारी सिर्जना गर्ने र बिभिन्न स्वरोजगारमूलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउने स्पष्ट योजना रहेको समेत दावी गरेका छन् । बौद्धिक एवं सालिन नेता ढुङ्गेलले टिकट पाउछन् कि पाउदैनन् त्यो हेर्न भने उनको पार्टीले कस्तो नेता लाई उम्मेदवारी दिने निर्णय गर्छ भन्नेमा भर पर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...