News Portal

  • चुनावपछि पनि मध्यपुरलाई सहयोग गरिरहने प्रचण्ड प्रतिवद्धता, गठबन्धनका उम्मेदवार उत्साहित

    चुनावपछि पनि मध्यपुर थिमिलाई सहयोग गरिरहने प्रचण्ड प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ बैशाख २०७९
    १७५९ पटक
    prachandaभक्तपुर, १५ बैशाख २०७९

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपुर थिमि नगरपालिकामा गठबन्धनको मेयर तथा उपमेयर उम्मेद्वारहरुलाई आवश्यक निर्देशन दिएका छन् । पाँच दलीय गठबन्धनका सुत्रधार समेत रहेका अध्यक्ष प्रचण्डले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिएका हुन् ।

    अध्यक्ष प्रचण्डले बोलाएपछि बिहीवार बिहानै गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपमेयरका उम्मेदवार विजयकृष्ण श्रेष्ठ प्रचण्ड निवास खुमलटार पुगेका बताइएको छ । उनीहरुलाई पार्टीका केन्द्रीय सदस्यद्वय दिलिप प्रजापति भिष्म र डिपी ढकालले प्रचण्डनिवास पुर्याएका थिए । प्रचण्डले बोलाएपछि मध्यपुरमा गठबन्धनका तर्फबाट मेयर र उपमेयर उम्मेदवारहरु उत्साहित भएका छन् ।

    उक्त अवसरमा अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनको विरुद्धमा देशीविदेशी शक्तिहरु लागिरहेकाले उनीहरुको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएका नेता डिपी ढकालले जानकारी दिए । राजधानीसंगै जोडिएको भक्तपुरको मध्यपुर थिमिका जनता सचेत समाजका प्रतिनिधि पात्र भएका भन्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधान रक्षाको लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वास समेत व्यक्त गरे । देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेका जानकारी गराउंदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिबादीहरुलाई पाखा लगाउदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दावी गरे ।

    व्यवस्था परिवर्तनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन व्यवस्था रक्षाको लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको भनेका थिए ।

    स्थानीय कुरा समेत गर्दै अध्यक्ष प्रचण्डले मध्यपुर थिमिमा आफू पटक पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रुपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने आस्वासन समेत दिएका थिए ।

    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले निवासमै बोलाएपछि मध्यपुर थिमिमा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर विजय कृष्ण श्रेष्ठ दंग देखिए । भेटपछि थप उर्जा प्राप्त भएको उनीहरुको भनाइ छ । ”अध्यक्षले अगाडी बढ्नुस, मध्यपुरलाई नमूना नगर बनाउन पनि मेरो साथ् रहन्छ भन्नुभएकोले उत्साहित भएर आएका छौं ।” उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठले बताए ।

    मध्यपुर थिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली काँग्रेसका निवर्तमान नगर सभापति हुन् भने उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठ नेकपा(माओवादी केन्द्र)का नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनको अंकगणित हेर्दा मध्यपुर थिमिमा गठबन्धनका उम्मेदवारहरु बलिया रहेका छन् भने सामाजिक व्यक्तित्वको आधारमा समेत उनीहरु बलिया दावेदार हुन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...