News Portal

  • नेमकिपाका कारण भक्तपुर नगरपालिकामा लोकतन्त्र आएन : सांसद बस्नेत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ बैशाख २०७९
    २२१९ पटक
    भक्तपुर, २४ बैशाख २०७९

    नेकपा(एमाले)का पोलिटब्युरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकामा लोकतन्त्र नआएको बताएका छन् । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का कारण भक्तपुर नगरपालिकामा अझैसम्म लोकतन्त्र नआएको उनले बताएका हुन् ।

    शनिवार भनपा १ स्थित नपलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता बस्नेतले नेमकिपा माथि दर्जनौ आरोप लागाए । नेमकिपाले भक्तपुर नगरमा ४० वर्षदेखि राज गरिरहेको र अन्य राजनीतिक दलको अस्तित्व अस्वीकार गरी भक्तपुरलाई उत्तर कोरिया बनाउन खोजेको नेता बस्नेतले आरोप लगाए ।

    उनले नेमकिपाले पार्टी केन्द्रीत राजनीति गरिरहेको जिकिर गर्दै नेमकिपालाई अनुकूल भए राजा पनि क्रान्तिकारी हुने तर उसको प्रतिकूल हुने सबै दलहरुलाई उसले देखि नसक्ने दावी गरे । उनले नेमकिपाले बोकेको सिद्धान्तलाई काइते सिद्धान्त भएको समेत भन्न भ्याए ।

    नेमकिपाले विधायकले विकासमा नभई कानुन बनाउने कुरामा मात्र ध्यान दिनुपर्ने कुरा गर्दै आएकोमा असहमती प्रकट गर्दै उनले नेमकिपाको एकमात्र सांसद भएको संसदीय हैसियतले कानुन बनाउन नसक्ने ठोकुवा समेत गरे ।” एक सिट मात्र ल्याउने नेमकिपाले धाक दिन्छ कि उ कानुन बनाउन चुनावमा जाँदैछ ।” उनले व्यंग्य गरे ।उनले संसदमा नेमकिपाको भूमिका टेबल ठोकेर नियामापत्ति गर्ने बाहेक केही नभएको समेत आरोप लगाए ।

    त्यतिमात्र होइन, नेमकिपाले भक्तपुर मोडल भन्ने गरेको उपभोक्ता समिति मार्फत भएका कामहरुलाई उनले आर्थिक अनियमितता गरी पार्टी चलाउने प्रपन्चको संज्ञा दिएका छन । टेन्डर बाट गर्दा सस्तोमा हुने काम भक्तपुर नगरपालिकाले उपभोता समिति मार्फत गर्दा बढी लागत लाग्ने र त्यो पैसाले कार्यकर्ताको भरण पोषण गर्दै आएको उनको आरोप छ ।

    सांसद बस्नेतले किसानको आधार भूमि भक्तपुरमा खेतीलाई भन्दा इट्टा भट्टालाई महत्व दिइएको र १ सय बढी भट्टाहरु नेमकिपाको संरक्षणमा संचालित रहेका बताए । उनले तीनै भट्टाको चन्दाले नेमकिपाको चुनाव चल्ने गरेको पनि आरोप लगाए ।स्मार्ट सिटी, रंगशाला र विकासको पूर्वाधारको विरोध गर्ने नेमकिपाले भट्टाको बिरोध नगर्नु कुनै नौलो विषय नभएको उनको भनाइ छ । त्यतिमात्र होइन, भक्तपुर नगरपालिकाले नगर भित्र इट्टा छाप्ने कार्य भट्टाकै मिलेमतोमा भएको उनले बताए ।

    सांसद बस्नेतले भक्तपुर नगरपालिकाले दरवार स्क्वायर मात्र सफा गर्ने अन्य ठाउँको वास्ता नगर्ने गरेको आरोप लगाउदै मिडियाले पनि नेमकिपाको कुरा पत्याइदिदा समस्या आएको उल्लेख गरे ।” दरवार स्क्वायर देख्ने मिडियाले ३ सय मिटर परको हनुमन्ते देख्दैन ।” उनले भने ।

    उनले आफूलाई कम्युनिष्ट भन्ने भौतिकबादीले मन्दिरको गजुर हाल्नुमै सफलता देख्नु दुर्भाग्यपूर्ण रहेको दावी गरे । भूकम्पबाट ढलेका जनताको घर उठाउन नसकेको, भोका जनतालाई खान दिन नसकेको भक्तपुर नगरपालिकाले मन्दिरमा गजुर राखेको कुराको प्रचार गर्नुको कुनै तुक नहुने उनको तर्क छ ।” मन्दिरका गजुर फेर्ने र यहाँ आउने पर्यटकलाई ठगेर आफ्नो पार्टी र कार्यकर्ता पालनपोषण गरेर मात्र नेमकिपा भक्तपुरमा टिकेको छ । उनले ठोकुवा गरे ।

    सांसद बस्नेतले नेमकिपाले भक्तपुरलाई बिकास हुन नदिएको जिकिर गरे । भक्तपुर विकास भए यहाँ बसाइ सरेर आउने मानिस नेमकिपा नहुने संकीर्ण सोचका कारण विकासमा भक्तपुरलाई पछि पारिएको उनको आरोप छ ।

    सांसद बस्नेतले दलहरु गणतन्त्रको आन्दोलनमा रहंदा नेमकिपाले पछाडी बसेर सडेगलेको सरकार लाई एक धक्का अर्को दिउँ भन्दै नारा लगाउने गरेको खुलासा गर्दै अव सडेगलेको नगर सरकारलाई एक धक्का दिनुपर्ने नयाँ नारा समेत सुनाए ।

    उक्त अवसरमा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले नेमकिपाका कारण भक्तपुर पछाडी परेको तर्क गरेका थिए भने नेपाली काँग्रेसका रवीन्द्र प्रधान र एमाले नेता निर्मल भट्टराईले नेमकिपाको अन्त्य नहुदा सम्म भक्तपुरको अवस्था नबदलिने चिन्ता व्यक्त गर्दै चुनावबाट नेमकिपालाई परास्त गर्नुपर्ने आवस्यकता औल्याए ।

    वडा नम्बर १ मा नेमकिपा विरुद्ध एमाले, काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धन चुनावी मैदानमा उत्रिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...