News Portal

  • सांसद बस्नेतको तुलना नेमकिपाका नसससंग समेत हुन सक्दैन : सुनिल प्रजापति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ बैशाख २०७९
    ३००७ पटक
    भक्तपुर, २४ बैशाख २०७९

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका निवर्तमान मेयर सुनिल प्रजापतिले नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेत प्रति आक्रोश व्यक्त गरेका छन । सांसद बस्नेतको  तुलना नेमकिपाका नसससंग समेत हुन नसक्ने भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

    शनिवार बिहान सांसद बस्नेतले नेमकिपा र नगरपालिका माथि आरोप लगाएको स्थान भनपा १ नपलीमै दिउँसो पुगेर मेयरका उम्मेदवार समेत रहेका नेता प्रजापतिले सांसद बस्नेतको चरित्र राम्रो नभएकोले उनको आरोपको खण्डन गरिराख्नु नपर्ने जिकिर गरे । सांसद बस्नेत गुण्डा नाइके भएको र सांसद अपहरणकारी समेत रहेको उनकै पार्टीका नेताहरुले भनेको भन्दै नेता प्रजापतिले त्यस्ता चरित्रहिन बस्नेतको कुराले केहि असर नपर्ने बताए । नेमकिपा सिंहमरमर भएको र कसैले हिलो छ्यापेर यसलाई फोहोर सावित गर्न नसक्ने समेत ठोकुवा गर्दै निवर्तमान मेयर प्रजापतिले एमालेले चलाएको काठमाडौ महानगर लगायत जिल्लाका नगरपालिका समेत जनताले राम्ररी देखेको भन्दै व्यंग्य गरे ।

    नगरपालिकाकै स्वामित्वमा विद्यालय,कलेज, अस्पताल लगायत संचालन गर्ने भक्तपुर एकमात्र नगरपालिका भएको र देशकै उदाहरणीय नगरपलिकाको रुपमा रहेको स्मरण गर्दै उनले कसैले नराम्रो भन्दैमा जनता भ्रमित नबन्ने बताए । नेमकिपाका केन्द्रीय सदस्य प्रजापतिले एमाले पोलिटब्युरो सदस्य बस्नेतलाई कम्युनिष्ट बिचार र सिद्धान्त अध्ययन गर्न आग्रह गर्दै गाह्रो भए आफ्ना कार्यकर्ताले ट्युसन पढाइदिने समेत बताए ।

    त्यसैगरी नेता प्रजापतिले नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र श्रेष्ठको आरोपमाथि पनि कडा टिप्पणी गरेका छन । जनयुद्धको नाममा माओवादीले खर्बौखर्बको ध्वंश गरेको र १७ हजारको ज्यान लिएको उल्लेख गर्दै उनले त्यस्तो माओवादीले नेमकिपासंग विकासको कुरा गर्न नसुहाउने बताए ।

    उनले भक्तपुरमा आफूहरुले भौतिक उत्प्रेरणा र प्रलोभन नबाडेको र चुनावी प्रतिवद्धता अनुरुप कामहरु गरी भक्तपुरलाई नमूना नगरपालिको रुपमा विकास गरेको बताए । उनले अहिले भक्तपुरमा माओवादी, काँग्रेस र एमाले एकजुट भएर चुनाव लडेको भएता पनि नेमकिपालाई केहि असर नपर्ने उल्लेख गर्दै १० वटा टाउको भएर पनि रावण पराजित भए जस्तै भक्तपुरका गठबन्धन पराजित हुने दावी गरे । उनले चुनाव कुस्ती प्रतियोगिता नभएकोले यहाँ बिचारको प्रतिष्पर्धा हुनुपर्ने र जनताले सही बिचार भएकोलाई निर्वाचित गर्नुपर्ने भन्दै आफूहरु अत्यधिक बहुमतले बिजयी हुने विश्वास व्यक्त गरेका थिए ।

    भनपा १ मा नेमकिपाले निवर्तमान वडाध्यक्ष श्यामकृष्ण खत्रीकै नेतृत्वमा उम्मेदवार उठाएको छ भने रमेश न्याइच्याईको नेतृत्वमा एमाले काँग्रेस र माओवादी केन्द्रले संयुक्त चुनावी गठबन्धन बनाएका छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...