News Portal

  • आवेदक भ्रमित हुँदा यातायात कार्यालयमा भीड बढ्यो : भट्टराई

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ बैशाख २०७९
    ८१७ पटक
    भक्तपुर, २६ बैशाख २०७९

    सवारी चालक अनुमती पत्रको लागि अनलाइन फाराम भरेका सबैले परीक्षामा सहभागी हुन पाउने ग्यारेन्टी गरिएको छ । यातायात व्यवस्था कार्यालय जगातीका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले फाराम भरेका सबै आवेदक परीक्षामा सामेल हुन पाउने जनाएका हुन ।

    अनलाइन फाराम भरेकालाई बैशाख मसान्त भित्र सम्पर्क राख्न सूचना गरिएपछि मानिसहरुमा उक्त मिति पछि सम्पर्क गर्न नपाइने र पुन: आवेदन भर्नुपर्ने भ्रम रहेको उनको भनाइ छ । ”हामीले थाती रहेका काम छिटो सकाऔ भनेर सूचना गर्यौ तर आवेदकहरुमा भ्रम उत्पन्न हुँदा कार्यालयमा भीड बढ्यो।” उनले भने ।

    कार्यालय प्रमुख भट्टराईका अनुसार अत्याधिक भीड बढेपछि आइतवार एक अर्को सूचना प्रकाशित गरी सम्पर्क गर्ने मिति बढाएर जेष्ठ १५ गतेसम्मको समय दिइएको छ । यो समय भित्र डिसेम्बर सम्मको सम्पर्क मिति पाएका सबै आवेदकलाई सेवा दिन सकिने उनले जानकारी गराए । यद्यपी त्यो नै अन्तिम मिति पनि नभएको उनको भनाइ छ ।

    कार्यालय प्रमुख भट्टराईका अनुसार कार्यालयको कामलाई कोभिड अघिकै जस्तो नियमित बनाउन पुरानो आवेदनलाई एकसाथ किनारा लगाउन खोजिएको हो । उनले यस्ता आवेदक अब करिब ५ हजारको संख्यामा मात्र रहेका जानकारी गराउदै जेष्ठ महिनाभरीमा त्यसको काम सकिने विश्वास व्यक्त गरे । पुराना आवेदकको काम सकाएसंगै सवारी चालक अनुमती पत्रको प्रेसर घट्ने र कार्यालय पुरानै लयमा फर्कने उनले बताए । कार्यालय प्रमुख भट्टराई जगाती आएको करिब एक महिना भएको छ । यातायात ब्यवस्था कार्यालयमा उनले सेवाग्राही मैत्री नेतृत्व गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...