News Portal

  • काठमाडौकी महर्जन मिस नेवा: घोषित, भक्तपुरकी प्रजापति भइन् सेकेन्ड रनर अप

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ बैशाख २०७९
    २२१३ पटक
    भक्तपुर, २७ बैशाख २०७९

    काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन् ।

    नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन् । उनी प्रतियोगितामा मूख्य निर्णायक एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के के गुण हुनु जरुरी छ ? भन्ने प्रश्नमा सटिक र तार्किक जवाफ दिएर निर्णायक मण्डल तथा दर्शक र अभिभावकको मन जित्न सफल भएकी थिइन् । उनले काठमाडौं महानगरपालिकाको मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनु पर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सिमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् ।

    उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज पहिराईदिएकी थिइन्। सलिनाले मूख्य उपाधि चुमेवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन् भने नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत पनि नियुक्त भएकी छन् ।

    विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा काठमाडौंको ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन्। रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा सिर्जना महर्जन युएफओ मिस ट्यालेन्ट, लुमन्ती महर्जन बेस्ट नेपाल भाषा, आस्था श्रेष्ठ सोसल वेलफेयर एम्बेस्डर चिफ र अतृशा महर्जन सोसल वेलफेयर एम्बेस्डर चिफ फष्ट रनर्सअप, शिला प्रजापति बेस्ट ड्रेस, श्वेच्छा महर्जन मिस पब्लिक च्वाइस, स्नेहा श्रेष्ठ बेस्ट स्माइल र सिर्जुला महर्जन बेस्ट हेयर भएका छन्। त्यसै गरी किर्तीका दुवाल बेस्ट स्किन, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, स्नेहा श्रेष्ठ मिस डिसिप्लेन, नेहा माली मिस चार्मिङ तथा विशेषता मानन्धर मिस फ्रेण्डसिपको उपउपाधि विजेता भएका छन् ।

    पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठको प्रमूख आतिथ्यता तथा नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न प्रतियोगितामा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मूख्य निर्णायक तथा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, पासा पुचः गुठीको युकेका अध्यक्ष ओजेश सिंह, नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गायक प्रवेशमान शाक्य, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य, माँ बंगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स क्लब अफ काठमाडौं एलका डिष्ट्रीक गर्भनर मनीश्री रत्न बज्राचार्य र व्युटिसियन मञ्जु कार्की पाण्डे निर्णायक रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...