
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले मध्यपुर थिमिमा अग्रता कायम राखेका छन् । ५ नम्बर वडाको नतिजा सकिदा सम्म मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठको अग्रता कायम भएको हो । सुरेन्द्रले ९ हजार ६ सय ७९ मतसहित नेकपा एमालेका उम्मेदवार मदन सुन्दर श्रेष्ठलाई पछि पारेका हुन् । निवर्तमान मेयर मदन सुन्दरले ६ हजार ७ सय १२ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी उपमेयर उम्मेदवार विजय कृष्ण श्रेष्ठले एमालेकी उम्मेदवार उत्तरा नेपाललाई पछि पार्दै अग्रता लिएका छन् । उत्तराले ५ हजार ६ सय ३८ मत प्राप्त गर्दा श्रेष्ठले ८ हजार २ सय ६९ मतसहित अग्रता लिएका हुन् ।