News Portal

  • भक्तपुरमा एमालेले गुमायो २ पालिका 

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ जेठ २०७९
    ६६८ पटक
    भक्तपुर, ४ जेठ २०७९

    अघिल्लो पटक स्थानीय निर्वाचनमा बलियो उपस्थिति जनाएको नेकपा(एमाले)ले यस पटक भने २ पालिका गुमाउन पुगेको छ । भक्तपुरमा ३ वटा स्थानीय सरकार चलाएको एमाले यसपटक भने एउटामा खुम्चन बाध्य बनेको हो ।

    अघिल्लो पटक कुनै नगरपालिकामा नेतृत्व गर्न नपाएको काँग्रेसले यस पटक एमालेको पालिका खोस्दै मध्यपुर ठिमी र चाँगुनारायणमा नेतृत्व लिन सफल भएसंगै एमाले खुम्चेको हो । मध्यपुर थिमिमा निवर्तमान मेयर नै एमालेका उम्मेदवार थिए भने चाँगुमा निवर्तमान उपमेयरले मेयर पदमा उम्मेद्वारी दिएकी थिइन् ।

    मध्यपुर थिमिमा नेकपा (माओवादी केन्द्र) संग गठबन्धन गरी निवर्तमान पालिका प्रमुख मदन सुन्दर श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्न सफलता प्राप्त गरेको काँग्रेसले उपप्रमुख पनि गठबन्धनका सहयात्री भेट्टाएको छ । मध्यपुर थिमिको प्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठ र उप प्रमुखमा माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले विजय हासिल गरेका हुन् ।

    गठबन्धनकातर्फबाट उम्मेदवार बनेका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी उत्तरा नेपालले ८ हजार ८६३ मत प्राप्त गर्दा विजयले १२ हजार १ सय २ मतसहित विजय हासिल गरेका छन् । त्यतिमात्र होइन, मध्यपुर थिमिमा उनीहरुले दुई तिहाइ बहुमत प्रतिनिधि पाएका छन् । २ वटा वडा अध्यक्ष भने एमालेले भेट्टाएको छ । वडा नम्बर ४ र ७ मा एमालेले वडा अध्यक्ष जितेको छ भने ८ वडा नम्बर ८ मा नेमकिपाले ।

    चाँगुनारायण नगरपालिकामा पनि नेकपा(एमाले) को नेतृत्व गुमेको छ । नगर प्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेपछि एमालेले चाँगुनारायणको नेतृत्व गुमाउन बाध्य बनेको हो ।

    निवर्तमान उपप्रमुख समेत रहेकी नेकपा (एमाले) की नेत्री बिना बास्तोलालाई झिनो मतको अन्तरले पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्रीले नगर प्रमुखमा जीत हासिल गरेका हुन् ।

    खत्रीले ९ हजार ५ सय ५० मतका प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार बास्तोलाले ९ हजार १ सय ६० मत प्राप्त गरिन् । ३ सय ७० मत कम हुँदा एमाले पराजित बन्न पुग्यो ।
    यस अघि नगर प्रमुखमा एमालेका सोम मिश्र निर्वाचित भएका थिए । मिश्रले ८ हजार ५ सय १२ मत पाएका थिए ।

    उपप्रमुखमा भने नेकपा एमालेका रमेश बुढाथोकीले बाजी मारेका छन् । ११ हजार १ सय ७ मत प्राप्त गरेका बुढाथोकीले कांग्रेसकी सुभद्रा काफ्लेलाई पछि पार्दै जित हासिल गरेका हुन् । काफ्लेले ९ हजार ७६ मत मात्र प्राप्त गरेकी छन । चाँगुमा ३ वटा वडाध्यक्ष मात्र एमालेले जितेको छ भने एउटामा नेमकिपा आएको छ ।

    जिल्लाको सूर्यविनायक नगरपलिकाको जीत कायम राख्दै एमालेले आफ्नो नाक जोगाएको छ । यहाँ निवर्तमान मेयर बासुदेव थापाले काँग्रेस उम्मेदवार निशान ढुंगेल लाई झिनो मतले पराजित गरेका छन् । यद्यपी नतिजा सार्वजनिक भएको भने छैन । जिल्लाको जेठो नगरपालिका भक्तपुरमा भने नेमकिपाको प्यानलले नै जीत हासिल गरेको छ । भक्तपुर नगरपलिकामा अन्य दलहरुले जमानत समेत जोगाउन सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...