News Portal

  • सूर्यविनायकमा एमाले नेतृत्वको निरन्तरता : मेयरमा थापा र उपमेयरमा भट्टराई निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, ४ जेठ २०७९
    ९३६ पटक
    सूर्यविनायक, ४ जेठ २०७९

    सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले)ले आफ्नो नाक राखेको छ । जिल्लाका २ पालिकाको नेतृत्व गुमाउन पुगेको एमालेले सूर्यविनायकमा भने जीत कायम राखेको हो ।

    नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनलाई पराजित गर्दै प्रमुखमा बासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएसंगै सूर्यविनायकमा एमाले उत्साहित बनेको छ । सूर्यविनायक एमाले नेता महेश बस्नेत र कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको गृह नगर भएको कारण पनि प्रतिस्पर्धालाई विशेष महत्वको साथ् हेरिएको थियो ।

    निवर्तमान नगर प्रमुख समेत रहेका मेयरका उम्मेदवार नेकपा एमालेका जिल्ला सचिव बासुदेव थापाले १४ हजार ७ सय ५८ मतका साथ निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नगर सभापति निशान ढुंगेललाई पराजित गर्न सफल भएका हुन् । ढुंगेलले १३ हजार २ सय ३२ मत प्राप्त गरे ।

    त्यसैगरी उपप्रमुखमा एमालेकी सरिता भट्टराईले १४ हजार ४ सय ९० मतसहित निकटम प्रतिष्पर्धी एकीकृत समाजवादीका श्याम बस्नेतलाई पछि पारिन । बस्नेतले ६ हजार ६ सय ६१ मतमै चित्त बुझाउनु परेको छ ।

    सूर्यविनायकमा नेकपा एमालेले ५ र नेपाली कांग्रेसले पनि ५ वटा वडामा जीत हासिल गरेका छन् । निकै रोमाञ्चक प्रतिष्पर्धामा आफ्नो गृह वडाको गणना नै निर्णायक बन्दा एमाले उम्मेदवार थापाले कांग्रेस उम्मेदवार ढुंगेललाई जीतको स्वाद चाख्न दिएनन । यद्यपी अघिल्लो पटक ३ वटा वडामै चित्त बुझाउन बाध्य कांग्रेसले यसपटक ४ र ९ मा वडा अध्यक्ष जित्न सफल भएसंगै एमाले बरावर वडा जितेर आफ्नो हैसियत उकास्न भने सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...