News Portal

  • बजेटमा किसानसँग सरकार : किसान पेन्सनका लागि कोष स्थापना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७९
    ७६८ पटक
    kisan bhaktapurभक्तपुर, १५ जेठ २०७९

    सरकारले किसान हुनुमा गर्व र आत्मसम्मान जगाउन किसानसँग सरकार कार्यक्रम सार्वजनिक गरेको छ । सो अन्तर्गत अर्थमन्त्री जनार्दन शर्माले किसान पेन्सनको शुरुवात गर्न बजेट व्यवस्था गरेका छन् ।

    योगदानमा आधारमा किसान पेन्सन योजना सुरु गर्न किसान हित कोष स्थापना गर्दै अर्थमन्त्री शर्माले कोषका लागि बिउ पूजी १ अर्व छुट्ट्याएका छन् । किसान हित कोषमा किसानले जम्मा गर्ने रकममा सरकारले १० प्रतिसत थप गरी राखिदिने बताइएको छ ।

    त्यस्तैगरी किसानलाई परिचय पत्र प्रदान गरी सोको आधारमा सार्वजनिक सेवामा सहुलियत र छुट दिने समेत सरकारले बजेटमा घोषणा गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...