News Portal

  • यस्ता छन् बजेटका आकर्षक ४२ बुँदा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ जेठ २०७९
    ५१२ पटक
    janardan sharmaभक्तपुर, १६ जेठ २०७९

    बजेट २०७९/८०
    मूख्य ब्यवस्था भएका ४२ बुँदा :
    १. किसान पेन्सन कार्यक्रम !
    २. एक परिवारलाई एक विद्युतीय चुलो !
    ३. अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने ! मासिक ५ हजार !!
    ४. पेट्रोलियम पदार्थको मूल्य घटाइने !
    ५. कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
    ६. ९८ प्रकारका औषधी निशुल्क !
    “”मिर्गौला, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई महिनामा ५ हजार !
    ७.निशुल्क मृगौला प्रत्यारोपण !
    ८. आगामी वर्ष ६५५ वटा अस्पताल बनाइसक्न १० अर्ब रूपैयाँ बजेट !
    ९.२५ जिल्लाहरूमा सुत्केरीलाई पोषण भत्ता स्वरूप ५ हजार रूपैयाँ दिने !
    १०.शिक्षक अस्पताल बनाईने !
    ११. स्यानिटरी प्याडमा भन्सार महशुल ९० प्रतिशत छुट गर्ने घोषणा
    १२. धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशत घटाइने !
    १३. ग्यासमा अनुदान कटौती गरिने, खाना पकाउन बिजुलीमा अनुदान !
    १४. दुई लाखलाई काम दिन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सात अर्ब पाँच करोड बजेट !
    १५. विदेशबाट फर्केकालाई सहुलियत ऋण दिइने, १३ अर्ब ५९ करोड !
    १६. विदेशमा निर्माण व्यवसाय गर्न सकिने कानुनी व्यवस्था ल्याउने
    १७. सहरी गरिबलाई अपार्टमेन्ट
    १८. सहकारीलाई चुक्ता पुँजीको ५ प्रतिशत अनुदान दिइने
    १९. नेपाल विद्युत प्राधिकरणको सेयर जारी
    २०. कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने !
    २१.हेटौंडा कपडा उध्योग सन्चालन गर्ने र सार्वजनिक पद धारण गर्नेले प्रयोग गर्नैपर्ने !
    २२. स्टिल, सिमेन्ट, फुटवेयर र पानी निर्यातमा ८ प्रतिशत नगद अनुदान !
    २३. नयाँ सुख्खा बन्दरगाह बन्ने, रेलवे र मेट्रो रेलका लागि ६ अर्ब
    २४. औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ७९ करोड !
    २५. मदन भण्डारी, हुलाकी, पुष्पलाल राजमार्गलाई बजेट र पुष्पलाल राजमार्गको १० सहर निर्माणलाई ३ अर्ब !
    २६. काठमाडौं चक्रपथ विस्तारका लागि १ अर्ब
    २७. काठमाडौंमा सुरुङमार्ग बनाउन १ अर्ब १९ करोड, नागढुंगा सुरुङमार्ग, थानकोट- चित्लांग र पालुंग – चितवन सुरुंगमार्गमा जोड !
    २८. पढ्दै कमाउदै कार्यक्रमलाई १०० विध्यालयमा विस्तार गरिने !
    २९.प्राविधिक धारमा स्नातक र स्नातकोत्तर तहका विध्यार्थीले ९० दिन स्वयम्सेवक भई कार्य गर्नु पर्ने !
    ३०.माथिल्लो अरुणका लागि एक अर्ब र दूधकोशीका लागि ९४ करोड बजेट !
    ३१. आगामी वर्ष सरकारी गाडी नकिन्ने घोषणा !
    ३२. आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत !
    ३३. काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गर्ने !
    ३४.एक स्थानीय तह: एक खेलग्राम कार्यक्रम !
    ३५. दम्पत्तिका लागि ६ लाख रूपैयाँसम्मको आम्दानीमा कर नलाग्ने !
    ३६. निजगढ विमानस्थल निर्माणको लागि बजेट !
    ३७.निजगढ-काठमाण्डौं द्रुतमार्ग ३ वर्ष भित्र सम्पन्न गर्ने !
    ३८. पुँजी आकर्षित गर्न वैदेशिक लगानीको व्यवस्था खुकुलो !
    ३९.स्वदेशमा बस्तु उत्पादन र प्रयोगमा जोड !
    ४०. वैदेशिक रोजगार र स्वरोजगारमा रहेकालाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने !
    ४१.काठमाण्डौंमा नेवार, पोखरामा तमु लगायतका संग्राहलय स्थापना गर्ने !
    ४२.स्थानीय र प्रदेशमा ४ खर्ब ४२ अर्ब अनुदान !

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...